काठमाडौं । ‘तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान’ नाराका साथ नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा काठमाडौंमा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष साङ्गीतिक गेताङ’ सम्पन्न भएको छ।

तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७ औँ स्मृति दिवस तथा ‘सङ्गीत सम्राट’ गोपाल योञ्जनको ८३ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँको चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सभाहलमा भएको कार्यक्रममा वरिष्ठ सङ्गीतकार एवं सेलो गायक चन्द्रकुमार दोङलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले झ्याम्याङ लामाले रचना गरेका गीतहरु प्रस्तुत गरेका थिए। यस्तै गायिका कुन्ती मोक्तान, छेवाङ तेन्जिङ लामा, लक्ष्मी स्याङतान, योजम तामाङ, विपना तामाङलगायतले गोपाल योन्जनको गीतहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा लेखक एवं अनुसन्धाता रविन्द्र तामाङ र नेपाल तामाङ संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामाले झ्याम्याङ लामाले तामाङ संस्कार, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा पु¥याएको योगदानको चर्चा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोनले घेदुङले भाषा, संस्कार, संस्कृति, सङ्गीत र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा जोड दिँदै घेदुङलाई सबैको आशा र गर्वको संस्था बनाउने गरी नयाँ ढङ्गले अघि बढिरहेको बताए। कार्यक्रममा वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तान, पुर्वरथी एवं डा. आशबहादुर तामाङ, चर्चिक गायक विश्व दोङलगायतको उपस्थिति थियो।

यसैबीच, तामाङ घेदुङले आज घेदुङ सभाहलमा ‘तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम’ कार्यक्रम हुदैछ। कार्यक्रममा मानवशास्त्री डा मुक्तसिं थोकर, संस्कृतिविद् बुद्धि तामाङ, भाषा तथा लिपिविज्ञ अजितमान तामाङ, राजेन्द्र थोकर तामाङ र वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल तामाङ घेदुङका सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुख युनिकरच्छे ग्लान तामाङले जानकारी दिनुभयो।

डा मुक्तसिंह थोकरले तामाङ–तामाङ बोन्बो परम्परा र सम्पदा संरक्षण, भाषा तथा लिपि विज्ञ अजितमान तामाङ–तामाङ समुदायको अभौतिक सांस्कृतिक सम्पदा, भाषा तथा लिपि विज्ञ राजेन्द्र थोकर तामाङ–तामाङ भाषा, व्याकरण र तामायिक लिपीको सैद्धान्तिक आधार, संस्कृति विज्ञ बुद्धीले तामाङ–प्रकृतिसँग सहअस्तित्व, तामाङ ज्ञान, संस्कृति र पहिचान र वरिष्ठ पत्रकार कुमार यात्रु–तामाङले आदिवासी ज्ञान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्न कार्यक्रम रहेको घेदुङका महासचिव लिलाकुमार ग्लानले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय