काठमाडौँ । आज साँझ वा भोलिसम्म बाढीले क्षति पुर्‍याएको चिलिमे जलविद्युत् परियोजनाको उद्धारस्थलसम्म अस्थायी सडक निर्माण गर्दै एक्स्काभेटर सुरुङभित्र पुर्‍याउने तयारी गरिएको छ।

प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले अस्थायी सडक निर्माण गरेर एस्काभेटर सुरुङ भित्र पसाउन काम भइरहेको जानकारी दिएका छन्।

सुरुङभित्र एक्स्काभेटर छिराएपछि उद्धार कार्यले तीव्रता पाउने र बढीमा ३ दिनभित्र उद्धारको काम सकिने उनले बताएका छन्।

बुधबार नेपाली सेनाको आग्रहपछि पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि चिलिमे आयोजनास्थलको उद्धारमा सहयोगका लागि त्यसतर्फ गएका छन्।

बाढीपछि चिलिमेबाट ६ जना सम्पर्कविहीन छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय