नवलपरासी । गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ६ः५० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।


दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको नयाँ चितवन मेडिकल कलेज र केहीको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा कालिकोटका धनमान हमाल, गैँडाकोटकी लीला थापासहित सन्तोषबहादुर गुरुङ, आत्रिया पौडेल, माधवा ज्ञवाली, शंकर बयलकोटी, सीता ज्ञवाली, जस्विन ज्ञवाली, दिभा रानाभाट, मोहन भैया साह, निशा तिवारी, उनका छोरा ऐट्रेन भट्ट, निमलाल खड्का, अमृता खड्का, मनोज गुरुङ, हुमा गुरुङ, प्रेमबहादुर रानाभाट र मिरा आचार्य रहेका छन्।
घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










