काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका–५ स्थित बाह्रबिसेमा आज बिहान घरमा आगलागी भएको छ।
बिहान करिब ९ः१५ बजे स्थानीय मानसिङ मोक्तानको घरमा आगलागी भएको हो। आगो अहिले नियन्त्रणमा आइसकेको प्राप्त विवरणमा उल्लेख छ।


आगलागीबाट खाद्यान्नलगायत घरमा रहेका विभिन्न सामग्री जलेर नष्ट भएको बताइएको छ। घटनामा मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ।
आगलागीको कारण र भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।










