काभ्रे । नेपाल प्रेस यूनियन काभ्रेपलाञ्चोकको अध्यक्षमा नगेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
यूनियनको आज सम्पन्न सातौैं जिल्ला अधिवेशनबाट अध्यक्ष अधिकारीको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । यसैगरी, उपाध्यक्षमा देवराज केसी र महिला उपाध्यक्षमा सम्झना हुमागाईँ, सचिवमा शुभराज अधिकारी, सहसचिवमा सचित खड्का, समावेशी सहसचिवमा इन्द्रबहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी निर्वाचित भएका छन् ।


यस्तै कार्यसमिति सदस्यहरूमा क्रमशः राजन दाहाल, रोशन पौडेल, पुजन धिताल, रवि धिताल, शोभा हुमागाँई, पुरुषोत्तम ढकाल, विपाश्ना शाक्य, भक्त दाहाल, ज्योती श्रेष्ठ, रामचन्द्र रम्तेल र रामचन्द्र अधिकारी निर्वाचित भएका हुन् ।
उसैगरी, अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । जसमा भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, प्रदीप केसी, बद्रीराज तिमल्सिना, कपिल कोइराला, रघुनाथ हुमागाई, शङ्कर अधिकारी, शिव दाहाल, ज्ञानमणि नेपाल, सूर्य लाकाजु, शिखर चिमौरिया, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे रहेका छन् ।
त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, मोहनकृष्ण तिमल्सिना, सरोज सापकोटा, पुरुषोत्तम ढकाल, हीराकाजी लामा, दुर्गा घलान, राजेन्द्र तिमल्सिना, सुमन गिरी, सनम सुवाल, सन्तोष तिमल्सिना, रोशन तिमल्सिना, दिलीप आचार्य, दीपक चौलागाईँ र जानुका खनाललाई सम्र्वसम्मत चयन गरेको छ ।










