काभ्रे । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले समुदायलाई एक लाख बिरुवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार धुलिखेलस्थित रिक्रिएसनल पार्कस्थित् वृक्ष रोप्दै नगरप्रमुख ब्याञ्जुले सो प्रतिबद्धता गरेका हुन् ।

धुलिखेल नगरपालिकाको आयोजनामा मिस नेपाल अर्थ डा. सरिशा श्रेष्ठ र नगरप्रमुख ब्याञ्जुले संयुक्त रुपमा वृक्षरोपण गरेका थिए ।

नगरप्रमुख ब्याञ्जुले केहि दिन अमेरिकास्थित् राष्ट्र संयीय कार्यालयमा बोल्दै धुलिखेल नगरपालिकाले दिगो विकासमा फड्को मारिसकेको बताएका थिए ।

धुलिखेलमा १५ हजार वृक्ष रोप्ने अभियान थालनी
मिस नेपाल अर्थ डा. श्रेष्ठले काभ्रेको धुलिखेलस्थित् रिक्रिएसनल पार्कमा २ सय वटा विरुवा रोपेर १५ हजार वृक्षरोपण गर्ने अभियान सुरु गरेकी छन् ।

मिस नेपाल अर्थ डा. श्रेष्ठले मिस अर्थ प्लेटफर्ममा आफू वातावरण जगाउने कार्यमा सरिक हुने र नेपालको वातावरणीय मुद्दालाई प्रस्तुत गर्ने बताइन् ।

गत वर्ष बेलायतको ग्लास्गोमा सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ को वेलामा बेलायती दूतावासले यो अभियान कार्यान्वयनमा ल्याएको थियो ।

उनी मिस नेपाल अर्थको क्राउन जितेपछि पहिलोपटक सामाजिक कार्यमा सहभागी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय