काभ्रे । मिस नेपाल अर्थ डा. सरिशा श्रेष्ठले काभ्रेको धुलिखेलबाट १५ हजार वृक्षरोपण गर्ने अभियान सुरु गरेकी छन् । शुक्रबार धुलिखेलस्थित रिक्रिएसनल पार्कमा २ सय वटा विरुवा रोपेर डा. श्रेष्ठले अभियान सुरु गरेका हुन् ।

मिस नेपाल अर्थ डा. श्रेष्ठले मिस अर्थ प्लेटफर्ममा आफू वातावरण जगाउने कार्यमा सरिक हुने र नेपालको वातावरणीय मुद्दालाई प्रस्तुत गर्ने बताइन् । उनी मिस नेपाल अर्थको क्राउन जितेपछि पहिलोपटक सामाजिक कार्यमा सहभागी भएको हो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले मिस नेपाल अर्थ डा. श्रेष्ठसँगै वृक्षरोपण गर्दै समुदायलाई एक लाख बिरुवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । धुलिखेल नगरपालिकाको आयोजनामा वृक्षरोपण गरिएको थियो

गत वर्ष बेलायतको ग्लास्गोमा सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ को वेलामा बेलायती दूतावासले यो अभियान कार्यान्वयनमा ल्याएको थियो ।

धुलिखेलका मेयर व्याञ्जुले गरे समुदायलाई एक लाख बिरुवा दिने प्रतिबद्धता

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय