काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को चुनाव जित्नका लागि पंकजविक्रम नेम्बाङले बहुमत गणेश थापा पक्षधरलाई आफ्नो खेमाबाट उठाए जसअनुसार चुनावमा उनले झिनो मतान्तरको जित निश्चित गरे। जितसँगै गणेश थापा पुनः एन्फामा अदृश्य शक्तिका रुपमा मैदानमा फर्किए ।

थापा त्यहीँ व्यक्ति हो जो एन्फको भ्रष्ट्राचार गरेको पुष्टि भएसँगै प्रतिबन्धमा परेको थिए । तीनै प्रतिबन्धका बाबजुद थापा एन्फामा आफ्नो पकड बलियो भएको सन्देश दिन चाहन्छन् । त्यसका लागि आफूले भने अनुसारको निर्णय गराउन चाहन्छन् ।

थापा अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाण्डेको बर्खास्तगी र छोरा गौरव थापालाई प्रमुख कार्यकारी अधिकृत ९सिइओ० या सहायक महासचिव दिनुपर्ने अडान आफ्ना बहुमत पक्षधरबाट राख्नका लागि दबाब दिइरहेका छन् ।

नेम्बाङ प्यानलबाट चुनाव जितेका थापा पक्षधरमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्ष दिपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ, पुरुषोत्तम थापा, भोजराज शाही, रविन्द्र चन्द, अनिल मल्ल, सरिला श्रेष्ठलगायत रहेका छन् । उनीहरू एक स्वरमा आफ्नो अडानमा कायम छन् ।

यस्तोमा नेम्बाङसँग भने उपाध्यक्ष दावा लामा मात्र छन् । तुलनात्मक रुपमा उनलाई तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्षधरको ‘सफ्ट’ सहयोग छ तर पनि उनी निर्णयविहीन छन् ।

एन्फामा थापाका छोरा गौरवको जुनसुकै रुपमा इन्ट्री भए पनि त्यसको भोलिपल्ट नै उनको ‘भ्रष्टाचारविरोधी’ छवि धुलिसात् हुने छ नै साथमा उनी आगामी दिनमा ‘डमी’ अध्यक्षका रुपमा रहने पक्का छ ।

एकातिर उनको ब्यक्तिगत छवि धुलिसात् हुँदा अन्तरराष्ट्रिय रुपमा पनि नेपालमाथि दबाब बढ्नेछ। किनकी भ्रष्टाचारको मुद्दामा प्रतिबन्धमा रहेका थापाले छोरा गौरवमार्फत घुस लिएको आरोप लागेको थियो ।

गौरवको बैंक खातामा एएफसीका तत्कालीन अध्यक्ष बिन हमामबाट पैसा आएको देखिएपछि फिफाले थापालाई भ्रष्टाचार मुद्दामा प्रतिबन्धको निर्णय गरेको थियो ।

उनै गौरव एन्फामा फर्किए नेपाल विस्तारै फिफाको प्रतिबन्धमा पर्ने जोखिमतिर धकेलिने खतरा छ । जसले नेपाली फुटबललाई अन्धकारतर्फ लैजानेछ ।

अब नेम्बाङका सामु थापाको परिवार बाहिरबाट थापाले भनेको मान्छेलाई नै नियुक्ति गरेर तत्कालीन समस्या टार्नुपर्ने चुनौती छ । त्यसका लागि उनले एन्फाका थापा पक्षधरसँग हैन कि सीधै थापासँगै छलफल गर्नु पर्नेछ ।

उनले जसको मुद्दा उठाएर एन्फामा आफूलाई ‘मसिहा’ बनाए अब उनैसँग झुकेर बाँकी कार्यकाल चलाउने या अस्थिर एन्फाको निरीह अध्यक्ष भएर विदा हुने भन्ने विकल्प मात्र बाँकी छ ।

समग्रमा भन्दा नेम्बाङले आफ्नै पक्षधर शेर्पासँगको बदलाका लागि झन् खराबको संगत गर्न पुग्दा उनलाई अहिले एन्फा अध्यक्षको पद निल्नु न ओकल्नु भएको छ । जबकि उनको एन्फामा लामो अध्याय बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय