हेटौंडा । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा अजरबैजानको राजधानी बाकुमा चौंथो अन्तराष्ट्रिय सोसल अर्वाड २०२२ हुने भएको छ ।
पर्यटकीय हिसाबले निक्कै चर्चित देश अजरबैजानमा हुने अवार्ड कार्यक्रममा मकवानपुरका सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने छन् । २०७९ भदौं २७ गते अर्थात १२ सेप्टेम्बर २०२२ देखी २०७९ असोज ३ अर्थात १९ सेप्टेम्बर २०२२ सम्म अजरबैजान बाकु र दुबई भ्रमण सङ्गै अर्वाड कार्यक्रम पनि हुने पत्रकार सम्मेलनमा बताईएको छ ।


मुख्य कार्यक्रम भने २०७९ भदौ २९ गते अर्थात १३ सेप्टेम्बर २०२२ का दिन बाकुमा हुने क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिए। पहिलो पटक रेडियो सन्देश १०६.९ मेगाहर्ज र विगत १८ वर्षदेिख मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १६ औं वार्षिकउत्सवको अवसरमा थाईल्याण्डको बैंककमा भव्य रुपमा सन्देश ईन्टरनेशनल अर्वाड आयोजना गरिएको थियो ।
दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड मलेसिया र सिङ्गापुरमा र तेस्रो अवार्ड कार्यक्रम दुवईमा भव्यताका साथ सम्पन्न गरिसकेको खड्काले जानकारी दिए । यसअघि सन्देश ईन्टरनेशनल अर्वाड नाम गरिएको अर्वाडको नाम परिवर्तन गरी अन्तराष्ट्रिय सोसल अर्वाड बनाईएको उनले बताए ।
अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै विधा समेट्ने उद्धेश्यले अर्वाडको नाम र आयोजक परिवर्तन गरिएको अध्यक्ष खड्को भनाई छ । विगतका वर्षहरु झैं यसवर्ष पनि विभिन्न क्षेत्रमा कृयाशिल राष्ट्रिय तथा अन्तराष्ट्रीय व्यक्तित्वहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।
कार्यक्रममा नेपाल बाहेक युरोप, जापान, अमेरिका, थाईल्याण्ड, कतार, मलेसिया, सिङ्गापुर, ओमान, चाईना सहित विभिन्न देशबाट सहभागिता हुने जानकारी दिईएको छ । कार्यक्रममा अजरबैजान र दुबईको विभिन्न संघ र संस्था, सामाजिक व्यक्तित्व, उद्योगीरव्यवसायी गरी करिब २ सय जनाको सहभागिता हुने बताईएको छ ।
यसैगरी, नेपालबाट अर्वाड पाउने व्यक्ति, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, विभिन्न संघरसंस्था, सामाजिक व्यक्तित्व, उद्योगीरव्यवसायी लगायत सहभागी हुने भएका छन् । कार्यक्रममा विभिन्न २५ विधामा २५ जना व्यक्तित्वलाई चौथो अन्तराष्ट्रिय सोसल अर्वाड र राष्ट्रिय सम्मानबाट सम्मान गरिने बताईएको छ । अवार्ड सङ्गै अजरबैजान र युएईको विभिन्न पर्यटकीय स्थान र सञ्चारगृहको भ्रमण, अध्ययन तथा अवलोकन पनि गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
७ दिन सम्म हुने उक्त कार्यक्रमका लागि अनलाइन गुगल फाराम भरेर पनि सहभागी हुन सकिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यस्तै, अनलाइन मार्फत आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने निर्णायक ज्ञानेन्द्र बर्तौलाले जानकारी दिए।
क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्राली सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था हो ।















