काभ्रे । काभ्रेमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । सोमबार जिल्लाको भकुण्डेस्थित् क्षेत्रीय पार्टी कार्यलयमा काभ्रे कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमितिले ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत जनप्रतिनिधिसँग सम्वाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा कोइरालाले वडा–वडामा पुगेर जनतासँग भेटेर मसिंर ४ को निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्नका लागि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको बताईन् ।


कार्यक्रममा कांगे्रस काभ्रेका सभापति तिर्थ लामाले ‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुने जानकारी दिए । यद्यपी चुनाव लक्षित गतिविधि भने जारी रहने उनको भनाई छ ।
काभ्रे प्रतिनिधिसभा १ अन्तर्गत (क) प्रदेशसभा क्षेत्रीय प्रचारप्रसार विभागको संयोजक विकास योन्जनका अनुसार कार्यक्रममा प्रदेश सभा १ का नेपाली कांग्रेसबाट गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहका निर्वाचनमा विजय जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् ।
त्यस्तै केन्दिय सदस्य कोइराला तथा जनप्रतिनिधिसँग जिल्लाका कांग्रेस निकट कार्यकर्ताले अन्तरक्रिया समेत गरेका छन् । कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेका थिए ।












