काभ्रे । काभ्रेको प्रतिनिधिसभा–१ प्रदेश सभा ‘क’ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसले राम योञ्जनको नाम सिफारिश गरेको छ । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा–१ प्रदेश सभा ‘क’ को उम्मेदवारको रुपमा कांग्रेसले योञ्जनको नाम सिफारिश गरेको हो ।
क्षेत्रिय प्रदेश सभापति समेत रहेका योन्जन कांग्रेसबाट राजनितिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । पार्टीले उनलाई दिएको जिम्मेवारी समेत निरन्तर सफल हुँदै आएको देखिन्छ । उनले निर्वाह गरेको जिम्मेवारीमा हालसम्म योञ्जन कतै चुकेको छ्रैनन् । उनी आम युवाहरू माझ उत्तिकै लोकप्रिय नेताको रुपमा चिनिएकाले यसपटकको निर्वाचनमा उनले नै टिकट पाउने पर्ने माग समेत कार्यकर्ताहरुको गरेका छन् ।


सभापति योञ्जन कांग्रेसको १२ औ महाधिवेशनमा क्षेत्रीय सचिव, १३ औँ महाधिवेशनमा उपसभापतिको जिम्मेवारी सम्हाल्दै १४ औँ महाधिवेशनमा क्षेत्रीय सभापति जिम्मेवारी पाएका हुन् ।
काभ्रे जिल्लाका सभापति तथा पुर्व संसद तिर्थ लामाको निजि सचिव समेत भइसकेका योञ्जनले संसदीय क्षेत्रको समेत ज्ञान प्राप्त गरिसकेका छन् । पार्टीले उनलाई टिकट दिएको खण्डमा जित निश्चित रहेको एक नेताले बताए । त्यस्तै पार्टीमा गरेको योगदानको कदर गर्दै नेतृत्वले आफुलाई नै टिकट दिनु पर्ने योञ्जनको तर्क छ ।
प्रदेश क्षेत्रिय कार्य समितिको बैठकले योञ्जनसँगैं सम्भावित उम्मेदवारको रुपमा जिल्ला कार्य समिति सचिव गुणराज मोक्तान, महाधिबेशन प्रतिनिधि सि.वि. लामा र दिनेश भुर्तेलको नाम प्रत्यक्षतर्फ सिफारिश गरेको छ । तीमध्ये सिवि लामा २०७४ सालको प्रदेस सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालसँग पराजित भएका थिए ।










