काभ्रे । नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा काभ्रे प्रतिनिधिसभा–१ को प्रदेश सभा क्षेत्रीय कार्यसमिति सदस्य विकास योञ्जन समानुपातिक उम्मेदवारमा सिफारिश भएको छ । कांग्रेस काभ्रेको क्षेत्रीय कार्यसमितिको शनिबार बसेको बैठकले योञ्जनलाई प्रनितिधिसभा–१ को प्रदेश सभा (क)बाट समानुपातिकमा सिफारिश गरेको हो ।
मंसिर ४ गते हुने निर्वाचनको लागि युवा नेता योञ्जनसहित समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको प्रदेशसभा क्षेत्रीय कार्यसमितिले जनाइएको छ । सिफारिस गरिएको मध्ये योञ्जनको पक्षको सवलमा अधिकांश नेतृत्व सकारात्मक रहेको एक नेताले बताए । ‘जसले गर्दासमानुपातिकमा परेका १४ जनामा योञ्जनको सम्भवना बढी रहेको देखिन्छ’ उनले भने ।


योन्जनसँगै समानुपतिकतर्फ सिफारिस हुनेमा शंखबुद्ध लामा, सलाम सिं तामाङ, गुमान सिं लामा तामाङ, विलाम मुक्तान, बलराम सापकोटा, मुक्ते लामा, स्मीता लामा, शान्ति लामा तामाङ, दुर्गामाया लामा, लक्ष्मीकुमारी उप्रेती बर्तौला, सावित्री ठाडा थापा मगर, पवित्रा लामा र सुनिता तामाङ रहेका छन् ।
को हुन्, विकास योञ्जन ?
जिल्लाको विकट महाभारत–२ सोक्तेलमा जन्मिएका विकास योञ्जन सानैदेखि विद्यालय पढ्दा होस् या गाउँघरमा केही गर्नु पर्दा आफ्नो नेतृत्वमा काम गर्न रुचाउने व्यक्ति हो । सानैदेखि कुशल नेतृत्व गर्दै आएका उनले सुरुवातदेखि नै प्रदेश सभा केन्द्रित राजनीति गर्दै आएका थिए । उनी पहिलो पटक समानुपतिकका उम्मेदवारमा सिफारिस भएका हुन् ।
युवा नेता योञ्जनको नाम प्रतिनिधिसभा–१ अन्तर्गत प्रदेशसभा (क)बाट समानुपतिकमा सिफारिस भएसँगै कांग्रेस काभ्रेको राजनीतिक बृतमा नयाँ तरंग पैदा भएको छ । यसअघि समाजिक क्षेत्रमा क्रियाशिल योञ्जनले कांग्रेसबाट औपाचारिक राजनीतिक यात्रा सुरु गरेसँगै उनलाई कांग्रेस बागमती प्रदेशको तरुण विभागको सदस्य बनाएको थिए । लगत्तै उनलाई पार्टीले बागमती प्रदेश प्रतिनिधिमा समेत चयन गरेका थिए ।
खुला राजनीतिमा लागेको केही समयमा नै कांग्रेस काभ्रेको राजनीतिमा आफुलाई सम्भवनाले भरिएको, गरिब असह्यको सहयोगी तथा समाज परिवर्तनको हुटाहुटीले सक्रिय राजनीतिमा होमिएको अब्बल युवा नेताको रुपमा परिचित गराउन सफल उनले आम युवा वर्ग तथा जनताबिच आफुलाई सुपरीचित गराउन सके ।
उनको यही सक्रियता र कशल क्षमताको कदर गर्दै पार्टी हालै सम्पन्न क्षेत्रीय कार्यसमतिको बैठकले असन्न मंसिरको निर्वाचन केन्द्रित रहेर काभ्रे–१ (क)को प्रदेशसभा क्षेत्रीय प्रचारप्रसार विभागको संयोजकको जिम्मेवारी समेत तोकिए ।
छोटो समयमै पार्टीले उनीमाथि विश्वास गरेर जिम्मेवारी थप्दै जानुले पनि अबको निर्वाचनमा समाुनतिकतर्फ उनलाई नै पहिलो प्रथमकितामा राख्न सकिने देखिन्छ । योञ्जन विगत लामो समयदेखि समाजिक तथा राजनीतिक क्षेत्रमा निकै अग्रसर रहेको व्यक्ति हुन् ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महाभारत गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भएर चुनावमा सामेल भएपनि वडाहरुमा भने एकल प्रतिस्पर्धा गरेका थिए । जसमा वडाको चुनावमा पार्टीलाई जिताउन उनले विशेष भुमिका समेत खेलेका थिए । विशेषगरी उनले माओवादीको किल्ला मानिने महाभारत–२ मा कांग्रेसबाट उम्मेदवारी दिएका वडाअध्यक्षलाई जिताउन उनले मुख्य भुमिका खेलेका थिए ।
महामारीमा पीडितको सारथी
विश्व कोरोना भाइरसको महामारीले आक्रान्ता बनिरहेको बेला त्यसको प्रभाव नेपालमा पनि नराम्रोसँग परे । महामारीले ज्यालादारी गरेर छाक टार्ने किसान तथा मजदुरहरुसबैभन्दा बढी प्रभावित भए । यसबिचमा उनले कोही किसान तथा मजदुर भोकै बस्नु नपरोस् भनेर व्यक्तिगत रुपमा उनले सयौँलाई खाद्यन्न लगायतका राहत वितरण गरे ।
त्यतिमात्रै नभई आर्थिक अवस्था कमजोर भएका व्यक्ति, विभिन्न रोगबाट पीडित बनेको विरामीको उपतारर्थ नगद सहयोग समेत गर्दै आएका छन् । त्यस्ते युवा नेताले योञ्जनले विकट क्षेत्रका बालबालिका, विद्यालय तथा त्यहाँका विद्यार्थीको लागि शैक्षिक सामाग्री समेत वितरण गर्दै आएको छ ।
पछिल्लो समय यस कार्यलाई उनले अझ बढी सक्रियताको साथ अघि बढाई आम पीडित तथा समस्यामा परेका जनताको बिचमा पुग्ने गरेको छ । यस अर्थमा उनलाई पीडितहरुको सारथी बन्नु अन्यथा नहोला । समाजसेवासँगै सक्रिय राजनीतिमा होमिएका युवा नेता योञ्जन आम नेता तथा कार्यकर्ताबिच लोकप्रिय छन् । हालै सम्पन्न बैठकमा उनको नाम कार्यकर्ता पंक्तिबाट नै जोडदार रुपमा सिफारिसको लागि कुरा उठेको थिए ।










