काभ्रे । आसन्न नवौ राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत फूलकन्ट्याक्ट कराँतेतर्फका खेलाडी छनोट भएका छन् । काभ्रेको बनेपामा सम्पन्न बागमती प्रदेश फूलकन्ट्याक्ट कराँते खेलाडी छनोट प्रतियोतिगाबाट ११ जना खेलाडी छनोटमा परेका हुन् ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गरेको कार्यक्रममा मन्त्री ढकालसँगै जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, काभ्रेका सिडिओ हुमकला पाण्डे, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य लगायत उपस्थिति रहेका थिए । मन्त्री ढकालले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सफल खेलाडीलाई जनही ६ हजार भत्ताको समेत व्यस्था गरेको बताए ।

प्रतियोगिताका संयोजक हिम्मत थापलियाले प्रतियोगिताबाट महिला ५ र पुरुष ६ गरी ११ खेलाडीलाई छनोट गरिएको छ । संयोजक थापलियाका अनुसार महिलातर्फ ४० र ४५ केजी तौल समुहमा क्रमशः धादिङकी झरना थापा मगर र एकता कुमाल छनोट भएका छन् । त्यस्तै महिला ५० केजी तौल समुहमा मकवानपुरकी नविना घलान, ५५ केजी तौल समुहमा रामेछापकी निशा थापा मगर र महिला खुलामा काठमाडौकी निशा बोहरा रहेका छन् ।

उनले फूलकन्ट्याक्ट कराँतेको पुरुषतर्फ ४५ केजी तौल समुहमा सिन्धुलीका सागर तामाङ, ५० केजी तौल समुहमा नुवाकोटका विजय राई, ५५ केजी तौल समुहमा काठमाडौँका एलिस वम्जन र ६० केजी तौल समुहमा भक्तपुरका सिरुष भुजु छनोट भएको छ । त्यस्तै पुरुषतर्फकै ६० केजी तौल समुह र खुलामा क्रमशः काभ्रेका सन्तोष विश्वकर्मा र सन्देश मानन्धर छनोटमा परेका छन् ।

काभ्रे जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मनवीर लामाले छनोट भएका खेलाडीले नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी प्रतिस्पधा गर्ने बताए । बागमती प्रदेशका १३ जिल्लाबाट प्रतियोतिगामा महिला ३९ र पुरुष ५८ गरी ९७ जना खेलाडी सहभागी थिए ।

काभ्रे जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मनवीर लामाले छनोट भएका खेलाडीले नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने बताए । बागमती प्रदेशका १३ जिल्लाबाट प्रतियोतिगामा महिला ३९ र पुरुष ५८ गरी ९७ जना खेलाडी सहभागी थिए ।

राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुदै छ । जसमा राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनीका खेल गरी ३८ खेलको ४ सय ७ स्वर्ण पदकका लागि खेलाडीबिच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एन.आर.एनको एक गरी ११ टोलीले सहभागी जनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय