‘काभ्रे । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पोडेलले सिकाउने गुरुको अपमान गरेर मात्रै शिक्षण पेशा सुधार नहुने बताएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र शिक्षा विकास तथा समन्वय इकाइले आज धुलिखेलमा आयोजना गरेको ‘काभ्रेपलाञ्चोक जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशासम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा उनले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्याकसहितका शिक्षकको साझा सहकार्य आवश्यक रहेको बताएका हुन्

मन्त्री पौडेलले मन्त्रालयले ऐन नियमसँग सम्बन्धीत कानुन सुधार, शिक्षण सिकाइ प्रक्रियामा स्तरीय बनाउने र भौतिक पूर्वाधार गरी तीन प्रकारका सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो तय गरेको बताए ।

सो क्रममा उनले अध्यापन, तालिम र दरबन्दी मिलानमा सुधार ल्याउन सकेको खण्डमा शिक्षण सिकाइमा सुधार गर्न सकिने बताए । उनले विद्यालय पूर्वाधार बनेपनि कस्तो नतिजा दिइरहेको छ भन्ने कुरालाई मध्यनजर गर्दै आपूmतिर फर्केर समीक्षा गर्ने वेला आएकोले सार्वजनिक, संस्थागत र गुठी विद्यालयलाई सोबारेमा आग्रहसमेत गरे।

मन्त्री पौडेलले अब क्यालेण्डरअनुसार नै शिक्षण सिकाइलाई कार्यान्वयन गर्ने गरी तोकिएकै समयमा पठनपाठन, परीक्षा र नतिजा प्रकाशन गर्ने प्रक्रियामा रहेको बताए । विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षासँगै जोडेर जाने प्रक्रियामा मन्त्रालय रहेको मन्त्री पौडेलले बताए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले शिक्षाको विकास प्रमुख भएकाले जिल्लाको समग्र शिक्षाको विकासका लागि भएको समस्या, त्यसको उपाय र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा छलफल गरी मार्गचित्र तयार गर्नुपर्ने भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए । जिल्लामा नै रहेको काठमाडौँ विश्वविद्यालयले पनि स्थानीय तहको भौगोलिक अवस्था र त्यहाँका विशेषताका आधारमा प्राविधिक शिक्षा दिन अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोकका प्रमुख गोकर्णध्वज कार्कीले जिल्लाको समग्र शिक्षाको अवस्था, विद्यालयको प्रकृति, विद्यार्थी संख्या र समग्र शैक्षिक अवस्थाको बारेमा विवरण प्रस्तुत गरेका थिए। अन्तरक्रियामा जिल्लाका सबै पालिकाका शिक्षा शाखा प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नीजि विद्यालयका प्रध्यानाध्यापकबीचमा समूहगत छलफल गरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र भावि रणनीतिको विषयमा छलफल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय