काठमाडौं । नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताए ।​

दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले राम्रो खेलेको हो, तर अवसर सदुपयोग गर्न सकेनौं’, थापाले भने, ‘चुकेको होइन ।’

थापाले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको पनि बताए । ‘हामीले सक्नेजति गरेका हौं, म प्रदर्शनबाट सन्तुष्ट छु,’ उनले भने, ‘सबै प्रयास गरेको हो, उपाधि हामीले चाहेका थियौं, बंगलादेशले जित्यो, दुःख लागेको छ ।’

यो पनि पढ्नुहोस्

प्रशिक्षक र कप्तानले उपाधि जित्न नसकेकोमा मागे माफी

महिला साफः नेपाल पाँचौ पटक उपविजेतामै सिमित, पहिलो पटक बंगलादेशले चुम्यौ उपाधि

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय