खानीखोला–४ ले मनाइयो भव्यताका साथ संविधान दिवस

संविधानलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानु पर्छः वडाध्यक्ष मोक्तान

खानीखोला, काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिका वडा नम्बर ४ ले संविधान दिवस मनाइएका छन् । सोमबार साँझा जगलथीस्थित् वडा कार्यालय प्राङ्तानमा नेपालको नक्सासहित बनाई दिप प्रज्वलन गरी संविधान दिवस मनाइएका हुन् ।

वडा अध्यष निशान मोक्तानले संविधान जनयुद्ध तथा जनआन्दोलनको उपज भएको बताए । उनले संविधान दिवसलाई दिपावलीको रुपमा मनाइरहँदा संविधान आम जनताको हितमा हुनको लागि अझै संशोधन गरेर लैजानु पर्ने बताए ।

संविधान शिलामा लेखिएको अक्षर होइन, तसर्थ यसलाई आवश्यकताको आधारमा परिमार्जन गर्न सकिने उनको भनाई छ । यद्यपी वडाध्यक्ष मोक्तानले संविधानमा उल्लेख गरिएकै कारण जनताले आफ्नो हक अधिकारको बारे खुलेर राख्न पाएको धारण व्यक्त गरे ।

उनले नागरिकको अधिकार, समानुपातिक सामवेशीताको सुनिश्चिता संविधानमा भएको बताए । ‘देशमा संविधान सभा जारी नभएको भए सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा पुग्ने थिएन,’ उनले भने, ‘जनयुद्ध तथा जनओन्दोलनको उपलब्धि संविधान हो ।’

उनले संविधान दिवसको अवसरमा २३८ वर्षको राजतन्त्र अन्त्य गरेर संघीय लोकतन्त्रिक गणतन्त्र ल्याउन ज्यानको बलिदन दिनु भएको खानीखोलाका १६ जना सहिद सहित बेपत्ता, घाइते योद्धाहरुलाई सम्झिएको छ ।

कार्यक्रममा वडास्थित् विभिन्न कार्यालयका कर्मचारी, दलीय नेता तथा कर्याकर्तासँगै स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय