काभ्रे । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ चौंरीदेउराली गाउँपालिका कमिटीको अध्यक्षमा दिपेन्द्र चौंलागाईं निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न प्रथम गाउँपालिका सम्मेलनले चौंलागाईंको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । सम्मेलनले उपाध्यक्षमा दिनेश गौतम, सचिवमा सविता लामा, कोषाध्यक्षमा सरस्वती चौंलागाईं, सह –सचिवमा शुक्र तामाङ निर्वाचित गरेको छ ।

त्यसैगरी, सदस्यहरुमा अनिला लामा, निरुजा कँडेल, जिवना चौंलागाईं, अञ्जु गौतम, सविना गिरी, उर्मिला लामा, चन्द्र बहादुर शाही, विकास लामा, संगीता चौंलागाईं, मेनुका काफ्ले, पार्वती चौंलागाईं, सफलता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

स्वास्थ्यकर्मीहरुको महंगी भत्ता लगायतका विभिन्न भत्ताहरु प्रदेश सरकारले व्यवस्था गरेको बताउँदै वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले हालै मात्रको मन्त्री स्तरीय बैठकले कटौती गरेको भत्ता यथावत राखेको बताएका छन्।

मुलुकको वर्तमान निर्वाचन प्रणालीबाट देश सही ठाउँमा नपुग्ने बताउँदै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिएको बताए । यस्तै, गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईंले गाउँपालिकाको आन्तरिक स्रोत न्यून भएकोले पालिकाले स्वस्थ्यकर्मीहरुलाई महांगी भत्ता दिन नसकेको बताएकी छिन्। जिल्ला अध्यक्ष रेशम योञ्जनको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन सविता लामाले गरेककी थिईन् भने स्वागत जिल्ला उपाध्यक्ष राज गौतमले गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य पार्वती थापा, प्रगतिशिल जनस्वास्थ्य महासंघका केन्द्रिय उपाध्यक्ष कानूनलाल चौधरी, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको केन्द्रिय उपाध्यक्ष कर्म लामा, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार बिष्णु गौतम, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपमहासचिव अशोक गौतम, गाउँपालिकाको प्रवक्ता एवं वडा नं.८ का वडा अध्यक्ष धनबहादुर तामाङ, पूर्व उपाध्यक्ष ताराकुमारी चौलागाईं, पालिका स्वास्थ्य शाखा संयोजक तेज घिसिङ, धुसिने शिवालय प्राथमिक अस्पतालका प्रमुख राजु चौलागाईं, माओवादी केन्द्र वडा नं.५ का वडा अध्यक्ष रमेश गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय