काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिका–१ स्थित् गैरीभान्ज्याङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
खानीखोलाबाट बनेपातर्फ दशैको लागि खसी लिएर आउँदै गरेको बा ५ च ४११७ नम्बरको बोलेरो दुर्घटना हुँदा खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृतक जिम्बाको शव बनेपास्थित् शिरमेमोरियल अस्पतालमा राखिएको छ ।
त्यस्तै डिएसपी नेउपानले घाईते ५ जनालाई उपचारका लागि अस्पताल लागिएको जानकारी दए । तीमध्ये शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेको छ भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर बल र पुतलीमाया बल रहेका छन् । घाइतेहरुको दाँत, हाँत आदि भाँचिएका छन् ।
घाइतेमध्ये पुतलीमायाको अवस्था गम्भीर रहेको अस्पतालले जनाइएको छ । बोलेरोमा १० जना सवार रहेको थिए । बोलेरो शनिबार विहान अन्दाजी साढे २ बजेतिर दुर्घटना भएको अनुमान गरिएको छ । बोलेरो गाडी सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
डिएसपी नेउपानेले बोलेरो चालक र सहचालक फरार रहेकोले उनीहरुको खोजी कार्य भइरहेको बताए । उनका अनुसार सवारी धनी भने प्रहरीको नियन्त्रणमा रहेको रहेको छ ।

अध्यक्ष थिङको सक्रियतामा उद्धार
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले दुर्घटना भएको सूचना प्राप्त हुन साथ घाइतेको उद्धारको लागि तत्काल गाउँपालिकाको एक र बेथानचोक गाउँपालिका दुई वटा एम्वुलेन्स घट्नास्थलतर्फ पठाएका थिए ।
उनका अनुसार दुर्घटनामा परेर ६५ वटा खसीमध्ये एउटा मरेको छ भने ४ वटा घाइते भेटिएको जानकारी दिए । उनले अन्य खसीको खोजी भइरहेको बताए ।
घाइतेको अवस्था बुझ्न अध्यक्ष थिङसँगै उपाध्यक्ष दोर्जेमान जिम्बा, वडा अध्यक्ष सागर जिम्बा, नेताहरु दैवलाल घिसिङ, राजन अधिकारी, क्षेत्र बहादुर वाईबा लागयत पुगेको थिए । उनीहरुले घाइतेको यथाशीघ्र उपचार गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
घाइते तथा मृतकका काका जिम्बाले दुर्घटना भएको स्थान गाउँदेखि टाढा हुनुको साथै उद्धार टोली समयमा पुग्न नसक्दा आफ्नो भजितको मृत्यु हुन पुगेको बताए । त्यस्तै उनले बोलेरो चालक गाडीबाट उफ्रिएर भागेको आफुले देखेको समेत बताए ।











