काभ्रे । म्हबार युवा क्लब महाभारत गाउँपालिका- २ वेसिटोलले विजया दशमीको अवसरमा आयोजना गरेको प्रथम टोल स्तरिय फुटबल-२०७९ सम्पन्न भएको छ ।२०७९ असोज १५ गते देखी १७ गते सम्म संचालन भएको प्रतियोगितामा विभिन्न टोलका क्लव तथा समुहको टिमले प्रतियोगितामा भाग लिएको क्लबका खेल संयोजक जेम्स तामाङले बताए ।

“राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीयस्तरमा पनि यूवाहरुलाइ लक्षित गरी स्थानीयस्तरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नका लागि खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । महाभारत गाउँपालिकाको विषेश सहयोगमा बेसिटोल खेलकुद मैदानमा क्लबले पहिलोपटक आयोजना गरेको हो ।

प्रतियोगितामा ९ टिमको सहभागी रहेको थियो । सोमबार भएको फाइनल खेलमा बुद्ध शक्ति युवा क्लब खानीखोला गाउँपालिका – ४ आप्टार प्रथम, तार्के सिम्ले युवा क्लब महाभारत गाउँपालिका-२ दोस्रो र खुसी समाज युवा क्लब खानीखोला गाउँपालिका – ४ तेस्रो भएको थियो ।प्रथम हुनेलाई १ं५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई १० नगद, ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलेलाई ५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता समापन कार्यक्रममा म्हबार युवा क्लबका खेल संयोजक जेम्स तामाङको अध्यक्षतामा प्रमुख अतिथि महाभारत गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम बहादुर मोक्तान रहेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा क्लक तथा समुहका प्रतिनिधि, खेलाडीहरु लगायत अन्य गाउँले आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थितिमामा प्रतियोगिताको समापन गरिएको थियो । कार्यक्रम संचालन धनवीर मोक्तानले गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय