काठमाडौं । विज्ञहरुले सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने बताएका छन् । बुधवार काठमाडौंमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीःखाद्य प्रणालीको पुनर्जीवन सम्बन्धी छलफलमा विज्ञहरुले सरकारलाई ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने सुझाव दिएका हुन् ।

सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासको लागि प्रोत्साहन गरेमात्रै नेपालमा दिगो खाद्य विकास र कृषि प्रणालीको विकास हुने उनीहरुको तर्क छ । उनीहरुले नेपालको कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रलाई ठूलो योदान गर्नसक्ने जिकिर गरे । कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले सरकारले ठूला किसानलाई अनुदान दिन आवश्यक नभएको बताए । कृषि ज्ञानकेन्द्र असफल भएको भन्दै नयाँ संरचनाका साथ सरकार अघि बढ्नुपर्ने उनको भनाई छ ।

यस्तै, कृषि आनुवंशिक स्रोतकेन्द्र जिन बैंक नार्कका प्रमुख तथा वैज्ञानिक डा. बालकृष्ण जोशीले रैथाने बालीको उत्पादन बढाउनकालागि नेपालको ठाउँ विशेष प्रमुख खाद्य बाली लगाउनुपर्ने बताए । राज्यको घोषित नीति नै किसानको सख्या घटाउने रहेको भन्दै राज्यले किसानको लागि अहिलेसम्म केही नगरेको कृषक माधव ढुङ्गेलको आरोप छ ।

सरकारले बिष र विषमुक्त उत्पादन बाँड्ने दोहोरी नीति लिन नहुने उनको भनाई छ । राज्यले वास्तविक किसानका लागि कुनै पनि काम नगरेको कृषकहरुको गुनासो छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय