काठमाडौं । काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जित बहादुर मोक्तानले आफ्नो चुनावी ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

आसन्न मंसिर ४ गते हुने निर्वाचन अन्तर्गत स्वतन्त्र उम्मेदवार मोक्तानले सार्वजनिक प्रतिबद्धता पत्रको पहिलो नम्वरमा प्राविधिक शिक्षा रहेको छ । आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पछि गुणस्तरीय स्वास्थ्य, महिला सशक्तीकरण, भ्रष्टाचार निर्मुलिकरण, खेलकुद तथा सीप विकास, संस्कृतिक सम्पदाको संरक्षण, सडक र वातावरणको व्यवस्थापन, उद्यमशीलता विकास र युवा रोजगार, स्थानीय कृषि तथा लघु उद्योग प्रोत्साहन, पर्यटन ,लघु जलविद्युत उत्पादन र उद्योग विकास र जडिबुटी, जंगल र खनिजहरुको उपयुक्त उपयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

मोक्तानलेले आफू युवा भएकोले अहिलेको नयाँ परिवर्तनलाई थप नजिकबाट बुझेको बताए। ‘गठबन्धन वा एमाले उम्मेदवार जित्दा संसद केहि नयाँपन आउँदैन। एउटा सक्षम युवा उठ्दा सांसदमै ताजापन आउँछ।’- उनले भने।

मोक्तानले सत्ता गठबन्धन र एमाले गठबन्धनलाई छोडेर मतदाताहरूलाई आफ्नो चुनाव चिन्ह “माछा” मा मतदान गर्न आग्रह गरे । उनले आफू युवा भएको हुँदा विकासलाई वैज्ञानिक र परिणाममुखी तरिकाले बुझेको र आजको आवश्यकता विकास भएकोले आफू अब्बल उम्मेदवार भएको बताए ।

प्रतिबद्धता-पत्र

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय