काभ्रे । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारपसारको लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार रत्न ढकाल महाभारत गाउँपालिका वडा नं. २, स्याप्लेडाँडा पुगेका छन् । महाभारत गाउँपालिकामा भएको प्रचार प्रसारको पहिलो दिन आज स्थानीयले भव्य रुपमा स्वागत गरेका छन् ।
स्थानीयले उम्मेदवार ढकाल लगायत गठबन्धन दलका नेता कार्यकर्ताहरुलाई तामाङ संस्कार अनुसार सगुन गर्दै फूलमाला र खादाले स्वागत गरेका थिए । स्वागत गर्नका लागि टोल–टोलमा स्थानीयको भव्य सहभागी थिए ।
स्वागतसँगै स्थानीयले मन्त्री समेत रहेका ढकाललाई विभिन्न समस्याहरु राखेका थिए । ताराखसी ट्वाके दमर सडक खण्डलाई स्तरोन्नति देखि खानेपानी, शिक्षा, स्वास्थ्य, किसानहरुको उत्पादन लगायतका समस्याको विषयमा ढकाल सामु समस्या राखेका थिए ।


मन्त्री ढकालले जनताको सबै समस्याहरु एक एक गरि हल गर्ने र महाभारतमा विकासको मूल फुटाउने प्रतिबद्धता जाहेर गरेका थिए । आफू ०७४ सालमा भोट माग्न आउँदा हिंडेर आएको र अर्को पल्ट गाडीमा आउने प्रतिबद्धता जाहेर गरे अनुसार यो पटकको निर्वाचन प्रचार प्रसारको लागि आउँदा गाडी चढेर आएको बताए । आफूले बोलेको सबै कुरा पूरा गर्ने योजनाका साथ कहिं सम्पन्न भएको र कहीं शुरुवात भएको बताए ।
ढकाल सो क्षेत्रमा पुग्ने वित्तिकै स्थानीयले उत्साहपूर्वक स्वागत गरेका थिए । बालबालिकादेखि बृद्ध–बृद्धाासम्मले उनको भव्य स्वागत गरेका थिए ।










