काभ्रे । पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज)मतदान गरेका छन् । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका दोङले मतदान गरेका हुन् ।
दोङले काभ्रेको तेमाल गाउँपालिका–९ स्थित् मैनाजाङ केन्द्र मुक्पाबाट मतदान गरेका छन् । विहानै मतदान केन्द्र पुगेर उनले संधिधान र गणतन्त्रको रक्षाको लागि मतदान गरेको बताए ।


उनले काभ्रेको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भएको समेत दाबी गरे । काभ्रे–१ बाट दोङसँगै १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये उनको मुख्य प्रतिस्पर्धी उम्मेदवार भने नेकपा एमालेका रेशम लामा हुन् ।
त्यस्तै काभ्रे–२ का उम्म्ेदवार काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारद्वय गोकुल बास्कोटा र शिव हुमागाईंले मतदान गरेका छन् ।

बास्कोटाले काभ्रेको मणडनदेउपुर–४ स्थित् नयाँगाउँ मतदान केन्द्र र हुमागाईंले पनौती नगरपालिका–९ स्थित् शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

बाँस्कोटा नेकपा एमालेका उम्मेदवार र हुमागाई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उम्मेदवारद्वय एक अर्काका प्रतिस्पर्धीसमेत हो ।










