लोप्चन १० किलोमिटर हिडेर मतदान केन्द्र पुगेर भोट हाले

काभ्रे । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–४ स्थित् बाँसघारीका ८२ वर्षीय जय बहादुर लोप्चनले मतदान गरका छन् ।

आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भएको निर्वाचनमा उनले कुमारी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि उनले विकट डाँडापारि क्षेत्रमा सुविधायुक्त अस्पताल र सडक बन्ने आशाले मतदान गरेको बताए । ‘डाँडापारि क्षेत्रमा एउटा सुविधा सम्पन्न न अस्पताल छ, न मोटरबाटो । कोही मान्छे विरामी भए भने अस्पताल देख्न नपाउँदै अकाल्मै ज्यान गुमाउनु परेको छ,’ उनले भने, ‘डाँडापारिका जनताले दशकौँदेखि भाग्दै आएको सडक, स्वास्थ्य लगायतका असुविधा आफ्ना पुस्ताले भोग्न नपरोस् भन्नका लागि मतदान गर्न आएको हो ।’

लोप्चन परिवारको साथमा घरदेखि करिब १० किलोमिटर टाढा रहेको मतदान केन्द्रा हिडेर नै पुगेका थिए ।

मतदान गर्दा सही उम्मेदवार चयन गर्नु पर्ने सके विकट क्षेत्रको अनेक समस्या समाधान हुने उनको भनाई छ । ‘अब सही जनप्रतिनिधि चयन गर्न सकेमा यहाँ (डाँडापारि)का जनताले अकल्पै मर्नु पर्दैन की, खानेपानीबारे पनि हेर्छन की,’ उनले भने, ‘अबको जनप्रतिनिधिले हाम्रो समस्या बुझ्ने छ भन्ने आशा छ ।’

काभ्रेको कर्णालीको रुपमा चिनिने डाँडापारि क्षेत्रमा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय