सिन्धुली । नेकपा (माओवादी केन्द्र) बाट सिन्धुली क्षेत्र नम्बर २ मा माओवादीका लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन् । दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।


यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए भने राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।










