दोङको समृद्ध काभ्रे बनाउने अठोट, सुशासनमा कालो धब्बा लाग्न नदिने प्रतिवद्धता

काभ्रे । वाम लोकतान्त्रिक गठबन्धन दलहरुले काभ्रेका विभिन्न सहरमा शनिबार -याली निकालिएको थियो । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. २ बाहेक सबै क्षेत्रमा जित हात पारेको गठबन्धनले धन्यवाद -याली निकालेको हो ।

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा रन्न ढकाल र (ख) तर्फ तिर्थ लामा विजय भएका हुन् ।

त्यस्तै काभ्रेको प्रतिनिधिसभा २ को प्रदेशसभा (क) र (ख) मा क्रमशः नेकपा एकिकृत समाजवादीका लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र वादले जित हात पारे ।

काभ्रे–२ मा भने गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंको पक्षमा नतिजा आएन । हुमागाईं धन्यावाद -यालीपछि भएको कोण सभामा उपस्थित भएका थिए । जनताले अमुल्य मत दिई जिताएको खुसीमा गठबन्धनले धन्यवाद -याली जुलुस निकालेका थिए ।

कोणसभामा बोल्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दोङले आगामी ५ वर्षमा समृद्ध काभ्रे बनाउने अठोट गर्दै जनताको अमुल्य मतको अपमान हुनेगरी सुशासनमा कुनै कालो धब्बा लाग्न नदिने बताए ।

काभ्रे कांग्रेसका सभापति तथा प्रदेश सभा सदस्य तिर्थ लामाले काभ्रेको समग्र विकासको लागि कुनै वहाना नबनाई दतचित भएर लाग्ने बताए ।

त्यस्तै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले काभ्रेलाई भष्ट्रचारमुक्त जिल्ला बनाउने दाबी गरे । एकिकृत समाजवादीका नेता तथा प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले छिट्टै काभ्रेले विकासमा फड्को मार्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय