अमृत लामा
महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको २ वटा वडामा रेबिजसंग मिल्दोजुल्दो रोगको लक्षण देखा परेको छ । कुकुरले टोकेको गाई रेबिजको मिल्दोजुल्दो लक्षण सहित मरेपछि रेबिज लागेको अनुमान गरेको छ ।

महाभारत गाउँपालिकाको वडा नं. १ गोकुले र वडा नं. ८ घर्तिछापमा कुकुरले टोकेको पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित भएका छन् । करिब ३ हप्ता अगााडी कुकुरले टोकेको गाई गोकुलेमा १ वटा र घर्तिछापमा १ वटा मरेको एक स्थानीयले बताए ।

वडा नं. १ गोकुलेमा गाईलाई टोकेको कुकुरले एक १० बर्षिय बालकलाई समेत टोकेको छ । मरेको गाईको दुध केही दिन अघि सम्म खाने गरेकोले उक्त गाईसगं मान्छे लसपस रहेको छ । हाल सम्म रेविज नै हो भनि पुष्टि भएको छैन ।

स्थानीय स्तरमा थप जोखिम फैलिन नदिनको लागि पशुपंक्षी विभाग महाभारत गाउँपालिका शाखाले खोप लगाई रहेको छ । महाभारत गाउँपालिकाले कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन तथा कुकुरको टोकाइबाट बच्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय