काठमाडौं । मञ्जुश्री असाहाय संरक्षण केन्द्र काठमाडौं शाखाले ३१ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार राजधानाीको माछापोखरी स्थित आरति पार्टी प्यालेसमा लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । काठमाडौं क्षेत्र नम्बर ६ (क) बाट निर्वाचित कांग्रेस नेतृ हरिप्रभा खड्गीले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताएकी छिन् ।

काठमाडौं महानगरपालिकाको निवर्तमान उप–प्रमुख समेत रहेकी नेतृ खड्गीले महिला माथि हुने हिंसा बर्सेनि बढ्दै गएकाले यसको रोकथामका लागि चाड–पर्वजस्तो मात्रै अभियान गरेर नपुग्ने बताउँदै सरकारले नै लैङ्गिक हिंसा विरुद्ध कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले महिलाहरुलाई शसक्क्त बनाउनका लागि आर्थिक क्रान्तीको जरुरी रहेको समेत बताईन् ।

नेतृ खड्गीले आफु महानगरको उप–मेयर भएर आइसकेकाले आगामी दिनमा आफु राष्ट्रपति बन्ने सोच रहेको पनि खुलासा गरीन् । साथै उनले आफु महानगरको नेतृत्वमा छँदा काठमाडौं भित्रका साँस्कृतिक सम्पदाहरुको संरक्षणका लागि सधैं लागिपरेको र आगामी दिनमा प्रदेशका १३ वटा जिल्ला को शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको नेतृत्व गर्ने बताईन् । पाँच वर्ष महानगरको काम गरेको अनुभवका आधारमा पनि आफु जुनसुकै जिम्मेवारी वहन गर्न योग्य रहेको उनी बताउँछीन् । महिला पनि राजनीतिबाट माथि उठ्न सक्ने आँट भएपनि यसपटक सत्ता गठबन्धनका कारण महिलाहरुका लागि टिकट कम पाएको उनको गुनासो छ । यस्तै, नेतृ खड्गीले आगामी दिनमा संस्थाले गर्ने कार्यक्रमहरुमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

यस्तै, कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उप–प्रमुख सृजना बुर्लाकोटीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको बताउँदै यस्ता खालका अभियान अभियानमा मात्रै सिमित हुन नहुने बताईन् । लिङ्गको आधारमा गरिने भेदभाव एवं असमान व्यवहार सामाजिक लैङ्गिक विभेदबाट निर्देशित हुने भएकाले यसलाई परिवर्तन गर्न सकिने बताउँदै उनले आगामी दिनमा महिला हरुको हकहितका लागि काम गर्ने संस्थाहरुलाई नगरले पनि सहयोग गर्ने बताईन ।

यसैगरी, कार्यक्रममा बोल्ने अधिंकांश बक्ताहरुले महिला मात्र नभएर पुरुषहरु पनि हिंसामा पर्ने गरेको बताउँदै आगामी दिनमा हिंसा नियन्त्रणका लागि आ–आफ्नो घर परिवार बाटै सुरुवात गर्नुपर्ने उल्लेख गरेका छन् । काठमाडौं जिल्ला शाखाकी संयोजक मिना बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव कमला अधिकारीले गरेकी थिईन् ।

कार्यक्रममा रष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत सुनिता शाहा, नेपाल टेलिभिजनकी पहिलो समाचार बाचिका रचना सिंह,समुन्नत महिला मन्चकी केन्द्रिय अध्यक्ष सोमा खत्रि, रबार मार्ग प्रहरी वृत्तकी डिएसपी कोपिला चुडाल, बालाजु प्रहरी वृत्तका डिएसपी रविन विष्ट, महिला अधिकार कर्मी सरु सुनुवार, गोदावरी सरोकारकी अध्यक्ष एवं मन्जुश्री असहाय संरक्षण केन्द्र ललितपुरकी संयोजक बेवी राजभण्डारी, समाजसेवी राजुकार्की, पत्रकार राजन थापा, संस्थाका सल्लाहकार, सम्पूर्ण सदस्यहरु, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय