काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका ३२ समानुपातिक सांसदको सूची टुंगो लगाएको छ।

शनिबार कांग्रेसले सूचीलाई अन्तिम रुप दिएको हो। शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई अन्तिम निर्णय गर्ने अधिकार दिएको थियो। उनले पदाधिकारीसँगको छलफलपछि नाम टुंगो लगाएका हुन्।

समानुपातिकतर्फ ३ जना मात्रै पुरुष सांसद चयन गर्न पाउने भएका कारण कांग्रेसभित्र विवाद भएको थियो। तर, सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत र अर्का प्रभावशाली नेता विमलेन्द्र निधिलाई सूचीमा राखिएको छ।

सूचीमा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा तथा गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण समेटिएका छन्।

यस्तो छ कांग्रेसका समानुपातिक सांसद्को सूची:

आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ
९. प्रकाश शरण महत
१०. अम्बिका बस्नेत
११. सरिता प्रसाईं
१२. आरजु राणा देउवा
१३. ईश्वरी न्यौपाने
१४. प्रतिमा गौतम
१५. मञ्जु खाण
१६. रमा कोइराला पौडेल
१७. कान्तिका सेजुवाल
१८. मैना रावल कार्की

मधेसीतर्फ
१९. विमलेन्द्र निधि
२०. नागिना यादव
२१. मुक्ता कुमारी यादव
२२. चन्दा चौधरी
२३. संगीता मण्डल
२४. निनुकुमारी कर्ण

दलिततर्फ
२५. जीवन परियार
२६. शान्ति विक
२७. रुपा विक
२८. सीता मिजार
२९. आशा विक

थारुतर्फ
३०. कल्पना चौधरी
३१. विना कुमारी थनेत

मुस्लिमतर्फ
३२. जावेदा खातुन जागा

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय