काभ्रे । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा क्षेत्रीय सभापतिलाई कारबाही गरी केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नं. २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ मा पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको, केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि मत माग्न नहिाडेको, विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कांग्रेस काभ्रेले उनीहरुलाई कारबाही गरी केन्द्रमा सिफारिस गरेको कांग्रेस जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा मत माग्न एक दिन पनि सहभागी नभएको र आफू प्रदेशभरको जिम्मेवारीमा रहेको भन्दै व्यस्त कार्यतालिका सुनाउादै पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको, निकट रहेका वडा सभापति र वडा अध्यक्षहरुको बैठकनै बोलाएर गोकुल बाास्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बााडेको, धेरै पटक घरमा जाादा पनि उम्मेदवारलाई भेट नदिएको, निकटका सबै कार्यकर्तालाई सके सुर्यमा नसके घण्टीमा मतदान गर्न आव्हान गरेको भन्दै वडा कार्यसमिति, गाउा तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ । केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा उपस्थित नभएको, आफु निकटका साथिहरुलाई सुर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रुपमा यो पटक सुर्यमा मतदान गरि चन्ऽ लामालाई जिताउनु, अर्को पटक उसले मलाई सहयोग गर्छ भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भन्दै उजुरी परेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, क्षेत्रीय सभापतिको तर्फबाट मातहतको संगठनहरु वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरु समेतलाई बोलाइ गोकुल बास्कोटालाई भोट हाल्न दबाब दिने र पैसा समेत बााडेको भनी भन्दै उजुरी परेको छ ।

बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारण बारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई कांग्रेस काभ्रेले निर्देशन दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय