युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको चरम विवादको बिच संस्थाको अध्यक्षमा जितेन्द्र तामाङको अध्यक्षतामा महासचिव नविन दोङ सहित २१ जनाको कार्यसमिति चयन गरेको छ ।

समाजको कार्यकारी अध्यक्षमा भिम दोङ तामाङ, उपाध्यक्षमा एभिला तामाङ, सचिवमा सविन मोक्तान, कोषध्यक्षमा सन्जिता स्याङतान, सह–कोषाध्यक्षमा भास्कार तामाङ, कलासंस्कृतिक सचिवमा मनिष लोप्चन तामाङ, जनसम्पर्क सचिवामा चेत घिसिङ तामाङ, ब्यवस्थापन सचिवमा दावा छिरिङ स्याङबो र महिला प्रमुखमा मनिका योन्जन तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अमर लामा तामाङ, कृष्ण मोक्तान तामाङ, प्रताप सिंग तामाङ, स्वित बहादुर स्याङबो, सुजिना गोले तामाङ, ग्याम्सो लामा, निमा ग्याल्बो वाईबा, विजय दोङ तामाङ र लाक्पा दोर्जे रुम्बा चयन भएका छन् ।

गत डिसेम्बर १८ तारिखको दिन संस्थापक राम मोक्तान सहितको संरक्षक सदस्यहरुले विशेष अधिवेशनको आयोजना गरी तात्कालिन अध्यक्ष सनिल घिसिङले लापरबाही र गैरजिम्मेवारी पुर्ण तरिकाले संस्थालाई लथालिङ्ग छोडेको भन्दै उनलाई अगामि दिनमा समाजबाट हुने कुनै पनि नियुक्ति र प्रतिनिधित्व गर्नको लागि अयोग्य ठहर गर्दै असक्षम भएको भेलाले घोषणा गरेको छ ।

घिसिङको कार्यकाल १२ सेप्टेम्बर २०२२ मा सकेपनि उनले नयाँ कार्यसमिति चयनका लागि कुनै पहलकदमी नलिएपछि संस्थाका केन्द्रीय सदस्यहरुले हाम्रो कार्यकाल सकिसकेको र कार्यसमिति भंग भएको कुरा उठाएपछि संस्थापक तथा संरक्षक राम मोक्तानले १८ डिसेम्बरमा भेला आह्वान गर्दा पनि बेवास्ता गरी कार्यकाल सकेको ४० दिनपछि विधानमा व्यवस्था भएको एक वर्ष समय थप्ने व्यवस्थालाई उपयोग गर्दै घिसिङले आफैलाई स्वोघोषित अध्यक्ष बनाएपछि तात्कालिन ७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका थिए ।

घिसिङको समूहले भने वर्तमान केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा नरहेको व्यक्तिले संस्थाको मान, मर्यादा र गरिमाको बेवास्ता गर्दै नाम,लोगो र नारा दुरुपयोग गरि अनैतिक र गैरजिम्मेवारी काम गरेको भन्दै खण्डन वक्तव्य सार्वजनिक गरेका थिए ।

उक्त अधिवेशनले तात्कालिन अध्यक्ष सनिल घिसिङको असक्षमता, अकर्मण्यता र लापरबाहीको कारण संस्थाको प्रतिष्ठा माथि चोट पुगेको निष्कर्ष निकालेका छन् । साथै एनआरएन युएईको भ्रष्टचार जस्तो जगन्ने अपराधमा मुछिएका व्यक्तिलाई बिना छानबिन, एनआरएनको आफ्नो छानबिन चलिरहदा भ्रष्टाचार गरेको छैन भनि विज्ञप्ति निकालेको विषयमा समेत संस्थाका सदस्यहरुले घिसिङको आलोचना गरेका थिए ।

त्यसैगरी बुद्ध जयन्ती जस्तो पवित्र कार्यक्रम बार क्लबमा मदिरा सेवान गर्दै मनाएको, कार्यसमितिको समय अवधि सकेर पनि अधिवेशन नगरेको, समाजका सदस्य तथा अग्रजहरुलाई बेवास्ता तथा धम्किपुर्ण व्यबहार गरेको प्रति घिसिङको चर्को आलोचना भएको थियो ।

उक्त विशेष भेला तथा अधिवेशन संरक्षक समिति संयोजक राम मोक्तानको सभापतित्व, पुर्व अध्यक्ष तथा नेफिन युएईको निवर्तमान अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्य, तामाङ समाज युएईको पुर्व उपाध्यक्ष तथा संरक्षक सुरेन्द्र थिङ तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।

साथै उक्त विशेष अधिवेशनलाई संस्थापक अध्यक्ष छत्र तामाङले भिडियो कल मार्फत विशेष सम्बोधन तथा बधाई ज्ञापन गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय