काठमाडौं । बौद्ध भेट्रान क्लब द्वारा आयोजित ‘चित्रकुमार स्मृति भेट्रान कप २०७९’ फुटबल प्रतियोगिता सुरु भएको छ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारालाई आत्मासात गर्दै बौद्ध टाउन प्लानिङ मैदानमा आईतवार देखि सुरु भएको उक्त प्रतियोगिता आगामी फागुन २० गतेसम्म संचालन हुनेछ ।

काठमाडाैं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले उद्घाटन गरेका उक्त प्रतियोगितामा विभिन्न जिल्लाका २४ टिमकाे सहभागीता रहेकाे आयोजक संस्थाका अध्यक्ष विवेक लामाले जानकारी दिए । आईतबारकाे प्रतियोगितामा ३ खेल सम्पन्न भएको थियाे।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार र द्वितीय हुनेले ७५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै उत्कृष्ट किपरलाई नगद ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, खेलमा बढी गोल गर्नेलाई ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय