काभ्रे । नेपाली कांग्रेस परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । काभ्रे जिल्ला महाभारत गाउँपालिका–३ का जननिर्वाचित निवर्तमान वडाध्यक्ष ज्ञान बहादुर लामा सहित १४ जना नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश भएका छन् ।
प्रवेश हुनेमा पुर्व वडा ज्ञान बहादुर लामा, सहति क्रियाशिल सदस्य राजु लामा, नेपाली कांग्रेश क्षेत्रिय प्रतिनीधि बाबुलाल मोक्तान, अविरल लामा, सुरेश मोक्तान, शंकार दोङ, विवेक लामा, रुप बहादुर लामा, महेश घिसिङ, संजोक मोक्तान, फुर्साङ घिसिङ, असल वाईबा, साजन लामा, रमेश मोक्तान, राजेन्द्र मोक्तान र अभिषेक दोङ रहेका छन् ।


पार्टी कार्यालय बनेपामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ लालध्वज, प्रदेश सभा सदस्य रत्न प्रसाद ढकाल, पार्टी जिल्ला अध्यक्ष भोला अर्याल, सचिव दैवालाल घिसिङ, महाभारत गाउँपालिका प्रमुख कान्छालाल जिम्बा, वाइसीएल सचिव अबिरल तामाङ लगायतका नेताहरूले खादा लगाएर उनिहरुलाई स्वागत गरेका छन् ।
जननिर्वाचित पुर्व वडाध्यक्ष लामाले नेपाली कांग्रेस विपिको समाजबाद भन्दा नि व्यक्तिवाद र अवसरबादमा चुर्लुम्म डुबेको कारण सोझो र इमानदार कार्यकर्ताहरु कांग्रेस भित्र अट्न नसक्ने परिस्थिति सिर्जना भएकोले माओवादी केन्द्र रोजेको बताए ।
म नेपाल कांग्रेसको सदस्यता लिएको २७ वर्ष भएछ, अगिल्लो स्थानीय निर्वाचनमा महाभारत जस्तो ठाउमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित पनि भए तर समग्र जिल्लाको राजनीति हेर्दा जो संग पैसा छ उहि नेता बनेर आएको पाए । हामी जस्तो विपिको समाजबादमा विश्वास राख्ने इमानदार कार्यकर्ताहरुलाई यो अपच भयो त्यस कारण कांग्रेसको साधारण सदस्य समेत नबस्ने गरी पार्टी परित्याग गरे उनले पार्टी प्रवेश गर्ने क्रममा बताए ।
पुर्व वडाध्यक्ष सहित दर्जनौं कांग्रेस नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउदै पार्टी इन्चार्ज एवम् प्रतिनिधि सभा सदस्य दोङले माओवादी पार्टी सबै इमानदार र परिवर्तनको पक्षधरहरु अट्ने विशाल घर भएकाले कांग्रेस,एमाले लगायतका पार्टी भित्र रहेका इमानदार नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गर्न अपिल गरेका छन् ।










