काभ्रे । नेकपा (एमाले) काभ्रेको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष र एक उपसचिव सर्वसम्मत चयन भए पनि अन्य पदमा धेरै आकांक्षी देखिएका छन् ।

अधिवेशनमा १ हजार ४ सय ५ जना प्रतिनिधिमध्ये ४ सय भन्दा बढीले उमेदवारी दर्ता गरेका छन् । जबकि अधिबेशनबाट  १०५ जनाको मात्र जिल्ला कमिटी गठन हुने छन् ।

उपाध्यक्षमा दाबी गर्नेमा बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य चन्द्र लामासहित ३ जनाको उम्मेदवारी परेको छ । एक उपाध्यक्षको लागि लामासँगै कन्चन अधिकारी र  हरिशरण दाहालले उम्मेदवारी दिएका हुन् ।

एक सचिव पदको लागि ३ जनाले दाबी गरेको छ । जसमा इन्द्र तामाङ, राजन भुर्तेल र रुद्र बहादुर तामाङ रहेका छन् ।

नेतृत्व लिन तयार रहेकामध्ये इन्द्र तामाङ पदाधिकारीमा बसेर काम गरिसकेका छन् । यसअघि उनी जिल्ला उपसचिव थिए ।

त्यस्तै २ जना उपसचिवमा ६ जनाले उम्मेदवारी पेश गरेको छ । ती मध्ये रिता ढकाल गौतम (धरिना) उपसचिवमा सर्वसम्मत  चयन भइसकेको छ भने त्यसबाहेक राज कुमार सपकोटा, कुमार तिमल्सिना, बिदुर प्रसाद हुमागई , दिलिप तामाङ र महेश्वर जंगमबिच प्रतिस्पर्धा हुने छन् ।

धरिना पुर्वमाओवादीबाट एकता प्रक्रियामा आउनेहरुलाई व्यवस्थापन गर्ने क्रममा उपसचिवमा निर्विरोध चयन भएका हुन् । उनीसँगै जिल्ला सदस्यमा कुलदेव अस्थानी मगर, राजकुमार श्रेष्ठ लगायत निर्विरोध चयन भएका छन् ।

नेतृत्व चयनका लागि सहमतिको बाटो खोजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको र निर्वाचनमा जानुको विकल्प नरहेको एमाले काभ्रेले जनाएको छ ।

अधिबेशनमा सदस्यमा भूगोल १ र २ खुल्ला र महिला, खुल्ला क्षेत्र, जनजाती खुल्ला र महिला, दलित खुल्ला र महिला, अल्पसंख्यक खुल्ला र महिला लगायतका पदमा ४ जना भन्दा बढीको उम्मेदवारी पारेको हो ।

हाइटेक प्रविधिबाट हुने मतदान सोमबार विहान ८ बजेबाट शुरु हुने बुझिएको छ । निर्वाचन हुने निश्चित भएसँगै मतदान मेसिन तयारी अवस्थामा समेत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय