काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।
उपचुनावको क्रममा चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा थप उपचार भइरहँदा मंगलबार निधन भएको हो । दिउँसो २ बजेतिर थापाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।


सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ३ घर भएका ३९ वर्षीय शम्भु घरको छतबाट लडेर घाइते भएपछि चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) उपचार गरिएको थियो । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। तर, उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
लामिछानेका चालक राति छतमा सुतेका बेला माथिबाट खसेका थिए । त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।










