दक्षिण कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ।आइतबार दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको अधिवेशनले भवानी प्रसाद (बि पि)पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यक्रमको प्रमुख आतिथ्यता बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलले जुम भर्चुअलबाट गर्नुभएको थियो भने संस्थाका अध्यक्ष रविप्रताप घिसिङले सभापतित्व गर्नुभएको थियो। नेपाली दुतावासका द्वितीय सचिव श्री सुर्य थापाले बिशिस्ट अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने एनआरएनएका केन्द्रीय प्रवक्ता श्री प्रकाश धमला,पत्रकार महासंघ कोरियाका अध्यक्ष किसन गौतम, प्रवासी मजदुर युनियन(MTu), वमेन फर वमेन लगाएतका संघसंस्थाका प्रतिनिधिलाई विशेष अतिथी बनाइएको थियो। विभिन्न राजनितिक दलका भातृ सङठनका अध्यक्ष एबम जिल्लागत समाज र अन्य संघसंस्थाहरुलाइ पनि अतिथी बनाइएको थियो।


नवनिर्वाचित कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा काभ्रेका नवराज तिमिल्सिना,उपाध्यक्षमा चितवनका सागर सापकोटा, दोलखाका रेशम अधिकारी र महिला उपाध्यक्षमा सुश्मा थापा निर्वाचित भएका छन। त्यस्तै महासचिवमा मकवानपुरका सुरेश थिङ,सचिवमा सिन्धुपाल्चोकबाट ताराचन्द्र आचार्य, काभ्रेबाट सुमन चौलागाईं निर्वाचित हुनुभएको छ।
अधिवेशनले दोलखाकी जयन्ती शर्मा घिमिरेलाई कोषाध्यक्षमा चुनेको छ भने धादिङका पुर्ण बहादुर प्रधान सहकोषाध्यक्ष बन्नुभएको छ। बागमती प्रदेश अन्तरगतका प्रत्येक जिल्ला समितिबाट एकएक जना जिल्ला सम्योजक कार्यसमिति सदस्य रहने बिधानको व्यवस्था अनुसार धादिङबाट अमर घले, काभ्रेबाट केशव मन लामा, दोलखाबाट कुन्जन थापा र रामेछापबाट पदम बहादुर थापामगर चुनिनुभएको छ। अन्य जिल्लाहरुबाट नाम प्राप्त भएपछी सल्लाहकारहरु र बिधान बमोजिमको बाकी सदस्यहरु कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्नेछ।
बागमती प्रदेश एकता समाज दक्षिण कोरिया, कोरियामा रहेका बागमती प्रदेस अन्तर्गतका जिल्लागत संस्थाहरुको छाता सङठन हो। एसको स्थापना २०१८ मा भएको हो भने अध्यक्ष तथा पदाधिकारिहरु फरक फरक जिल्लाबाट रहनेछन।










