जिवन तामाङ

काभ्रे, खानीखोला । काभ्रेको विकट डाँडापारी खानिखोला गाउँपालिकामा आफ्नै उत्पादन आफ्नै अनुदान भन्ने मुुल नाराका साथ कफी खेति सम्बन्धी अभिमुखिकरण र अनुदान कार्यक्रम बिहीबार गाउँपालिकाको कार्यपालिका तालढुङ्गामा सम्पन्न गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाको अध्यक्ष ईन्द्र बहादुर थिङ(छिन्ताङ) र उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथिमा राष्ट्रिय चिया तथा कफि विकास वोर्डका प्रशिक्षक चन्द्र प्रकाश वस्नेत सबै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा र विभिन्न पार्टि संघ संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

जस्को उत्पादन उसैलाई अनुदान अन्तर्गत गाउँपालिका भित्र कफी उत्पादन गरिएका किसानहरुले अनुदान रकम पाएकाछन् । प्रति केहि ३५ रुपैयाको दरले उत्पादन भएको अधारमा किसानले समुह मार्फत अनुदान रकम पाएकाछन् ।

गाउँ पालिका भित्रका सबै कफी उत्पादन गरिका किसानहरुले समुहहरुमा अवद्धता भएर आफूले उत्पादन गरिएको कफीको नाप लिएर समुह मार्फत किसानहरुले अनुदानको रकम पाउने पालिकाले जनाएको छ । पालिकाले ११ ओटा समुह मार्फत एक सय ६७ किसानलाई एक मुस्ट ५ लाख ५४ हजार सात सय ७६ रुपैया अनुदान रकम बितरण गरिएको छ । सबै भन्दा धेरै कफी उत्पादन गर्ने मिल्चे साना किसान कृषक समूहलाई ३१ सय ६९ केजि कफीको एक लाख १० हजार ९ सय २२ रुपैयाको चेक समूहको अध्यक्षलाई हस्तानतरण गरिएको छ । पालिकाले फलामेटार कफी उत्पादक समूह, महादेबटार कृषक कफी समूह, कोदाखोरिया कफी उत्पादक सहकारी, चाकल भिमसेन कृषक समूह, दीपज्योती कृषक समूह, सानुखोला कृषि सहकारी, साल्धारा कृषि सहकारी, सिमालटार जनएकता कृषक समूह, मन्जुश्री किसान समूह, मिल्चे साना किसान कृषक समूह र साल्मे कृषक समूह मार्फत किसानहरुलाई कफी उत्पादनको अधारमा अनुदान रकमको चेक हस्तानतरण गरिएको थियो ।

कार्यक्रममा गाउँ पालिका अध्यक्ष इन्द्र बहादुर थिङले पालिकाले किसान उत्पादन मैत्री जस्को उत्पादन उसैलाई अनुदान कार्यक्रम लागुगरेर अनुदान रकम बितरण गरिएको बताए । खानीखोलामा सम्भावना रहेका बिषयमा पालिका सरकार सिगो टिमले हामी बनाउने छौ खानीखोल भन्ने मुल नारालाई सार्थक बनाउनको लागि धेरै कार्यक्रमहरु अघि सारेको बताए ।

कार्यक्रममा संबिधान सभा सदस्य अक्कल ब थिङले पालिका किसान मैत्री कार्यक्रम ल्याएकोमा धन्यवाद ब्यक्त गरे । उनले भने अबको दिनमा कफी उत्पादन संगै स्थानिय सरकारले बजारिकरण र प्रसोधन तर्फ समेत जोड्दिनुपर्ने बताए । बजारमा किसानले भन्दा पनि बिचौलियाहरुले नाफा धेरै खाने चलन रहेको उत्पादन गर्ने किसानले धेरै भन्दा धेरै मुनाफा पाउने कार्य तर्फ समेत पालिका टिम लाग्नुपर्ने लामाले बताए ।

कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले किसानको छोरा भएको किसानको हितमा पालिकाले योजना ल्याएको कुनै हल्लाको पछि भन्दा पनि सरकारले किसानकै लागि काम गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिया कफी तथा चिया बिकास बोर्ड नुवाकोटको कार्यालय प्रमुख चन्द्र बस्नेत, वडा नं ४ को अध्यक्ष निसान मोक्तान, वडा नं ६ को वडा अध्यक्ष एवं आर्थिक बिकास समितिको सभापति बृहस्पती लामा, नेपाली कांग्रेसाका बिष्णु तिमल्सिना, नेकपा एमाले डम्बर तिमल्सिना लगायतले पालिका सरकारले किसानको हितमा कार्यक्रमहरु ल्याएकोमा पालिका टिमलाई धन्यवाद ब्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय