खानीखोला, काभ्रे । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिकाको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
माओवादी केन्द्र बागमती प्रदेश कमिटिका अध्यक्ष सरल सहयात्री र सचिव इन्द्रबहादुर थिङ (छिन्ताङ)ले खानीखोला–५ स्थित् ताल्ढुंगमा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
खानीखोला गाउँ कमिटिको पुर्ण बैठकमा पुगेका प्रदेश कमिटिका अध्यक्ष र सचिवले पार्टी सम्पर्क कार्यालयको समेत उद्घटन गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष सहयात्रीले माओवादी पार्टी विचार, आन्दोलन र परिवर्तनको पहाड भएको बताए । त्यस्तै सचिव छिन्ताङले माओवादीले देशको निरंकुश, तानाशाही व्यवस्थालाई ढलेर गणतन्त्र ल्याएको र अब जनताको अवस्था फेर्ने काम गर्ने बताए ।
कार्यालय उद्घाटन तथा पूर्ण बैठकमा वागमती प्रदेश सदस्य दैबलाल घिसिङ (अनुशिल), मिना पाख्रिन (अनु), पार्टी खानीखोलाका अध्यक्ष अविरल जिम्बा, सचिव राजन अधिकारी, जनप्रतिनिधि, वडा तथा टोल कमिटिका अध्यक्ष लगायत कर्याकर्ताहरुको उपस्थिति रहेका थिए ।