♦अशिम लोप्चन
माल्टा । चर्चित गायक प्रमोद खरेलले शनिबार माल्टामा हंगामा मच्चाएका छन् । तमु समाज माल्टाद्धारा आयोजित साँस्कृतिक साँझमा गायक खरेलले आफ्ना गित मार्फत दर्शकलाई झुमाउँदै हंगामा मच्चाएका छन् ।
ओई झुमा, झुमा झुम्कावाली, बोलको गीतबाट साँस्कृतिक साँझको मञ्चमा उत्रिएका खरेलले म बिना कसैकसैलाई , रातो टिका निधारमा, म बाँचेकै लगायतका गित गाएर दर्शकलाई झुमाउँदै नचाएर भरपुर मनोञ्जन दिएर हंगामा मच्चाएका थिए ।


पदम बहादर गुरुङको संयोजकमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएका थिए । कार्यक्रममा विभिन्न संघ तथा संस्था प्रतिप्रनिधि, संचारकर्मी, समाजसेवी र विभिन्न पेसामा व्यवसायीमा संलग्न भएका व्यक्तित्वहरु, लगायत हजाराै दर्शकहरुको उपस्थित रहेका थिए ।
तमु समाज माल्टाका अध्यक्ष एवम् गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् माल्टाका उपाध्यक्ष मधु गोतामे गुरुङले उपस्थित कलाकार प्रमोद खरेल लगायत, सम्पुर्णलाइ धन्यबाद दिएका थिए ।










