काठमाडौ । बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेका छन् ।

खनालले थारुसहित अन्य तीनजना पनि पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् ।

प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ ।

ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय