काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकाले अनुदानमा कृषकलाई किवीका विरुवा वितरण गर्ने भएका छन् ।
गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै गाउँपालिकाभित्रका कृषकलाई ८० प्रतिशत अनुदानमा किवीका विरुवा वितरण गरिने जनाइएको छ ।
पालिकाबाट प्रकाशित सूचनामा ‘गाउँपालिकाको आ.व २०७८/७९को स्वीकृत प्रथम चौमासिक कार्यक्रम अन्र्तगत कृषि शाखाबाट ८० प्रतिशत अनुदानमा किवीका विरुवा वितरण गरिने भएकाले आवयक पर्ने कृषि सहकारी, कृषि समूह, कृषि फार्म र कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडामा गइ निवदेन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ’ भनिएको छ ।