काभ्रे । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–११ का ५१ वर्षीय सितारमा दाहाल रहेका छन् ।

जिल्ला अदालत धादिङले २०६२ जेठ २४ गते उनीविरुद्ध सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय सुनाएको थियो । त्यस्तै उनीविरुद्ध २ हजार जरिवाना तोकिएको थियो ।

डिएसपी खतिवडाले लामो समयदेखि फरार रहेका दाहाललाई मंगलबार जिल्लाको बनेपा–११ स्थित्बाट पक्राउ गरी फैसला बमोजिमको कैद तथा जरिवाना फर्छौटको लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले चेक अनादर मुद्दाका फरार प्रतिवादी काभ्रेको बनेपा नगरपालिका वडा–११ का ४३ वर्षीय कुमार भुजेललाई ४ वर्षपछि पक्राउ गरिएको छ ।

जिल्ला अदालत काभ्रेले २०७४ फाल्गुन १४ गते चेक अनादर मुद्दामा दोषी ठहर गर्दै ७ दिन कैद र ३ हजार जरिवाना सुनाएपछि फरार रहेका उनलाई काभ्रे प्रहरीले २०७८ फाल्गुन १० गते पक्राउ गरेको हो ।

प्रतिवादीहरुको खोज तलास गरी फैसला कार्यन्वयन गर्ने गराउने रणनीतिलाई प्राथमिकतामा राखि कार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अधिकृत सहितको विशेष टोलीले उनलाई बनेपा–११ बाट पक्राउ गरेका थिए ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेमा बुझाइएको प्रहरीले जनाएका छ । पछिल्लो समय एसपी चक्रराज जोशी काभ्रेको एसपी भएर आएसँगै विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय