महाभारत (काभ्रे) । काभ्रेको राजनीतिमा निकै अनुभवी, इमानदारी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका महाभारत गाउँपालिकाको पुरानो नेता मिन बहादुर वाईबा राजनीतिक क्षेत्रमा अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै महाभारतको विकास र समृद्धिको लागि अतुलनीय भूमिका खेल्दै आएको छ ।

उमेरले ५२ कटे पनि राजनीतिकमा भने उनी सक्रिय छन् । विसं २०२८ फागुन १५ गते काभ्रेको महाभारत गाउँपालिका २ रातमाटेमा पिता शेर बहादुर वाइबा र माता जीतमाया मोक्तानका सुपुत्रका रुपमा जन्मिएका वाईबा २४ बर्षको उमेर देखि हाल सम्म पनि राजनीतिकमा सक्रिय छन् । औपचारिक शिक्षा त्यति नभए पनि अनौपचारिक मध्यमबाट अध्ययन गरेका उनले नेकपा एमालेबाट तत्कालीन गोकुले गा.वि.स. का उपाध्यक्ष हुदै संघीय लोकतान्त्रिक गणतन्त्र आए पछि नेकपा (माओवादी केन्द्र) बाट महाभारत गाउँपालिका २ नं. वडाका पहिला वडा अध्यक्ष बनेका थिए ।

जनयुद्ध विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुदै महाभारत गाउँपालिकाका जनताको लागि लामो समयदेखिको चाहना, सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा २ नं. वडाको विकास र समृद्धिका गराउन वाइबाकै सुझाव, सक्रियता र समन्वयमा भएको थियो । प्रस्तुत छ राजनीतिक यात्रा र समसामयिक विषयमा केन्द्रित रहेर ग्लोबल खबरका संचालक मोतीलाल मोक्तानले नेता मिन बहादुर वाइबासँग गरिएको संवादः

१. राजनीतिक क्षेत्रमा आउने सोच कसरी बनाउनु भयो?
त्यो बेलाको समयमा मेरो घरमा खाना लगाउन गाह्रो थियो । म १४ बर्षको उमेर हुदाँ खानाको लागि निंगाले, दाप्चाबाट मकै, चामल बोकेर ल्याउनु पर्ने थियो, मलाई याद छ त्यो ताराखखासे लेक हुदै हाँटबटको उकालोमा भारी बोकेर हिड्दै गर्दा हाम्रो क्षेत्रमा विकास कहिले हुन्छ, कहिले मोटर बाटो निर्माण हुन्छ, यहाँको जनताले कहिले सुखा पाउँछ भनेर सोचेको थियो । त्यही दिनबाट यो क्षेत्रको जनताले मैले र हामीले जस्तो दुःख कसैलाई नपरोस् भन्ने सोच आयो त्यसपछि राजनीतिक क्षेत्रमा लागेर यो क्षेत्रको विकास, सम्ृद्धि र जनजीवन परिवर्तनको लागि योगदान दिने सोच आयो अनि राजनीतिकमा लाग्न थाले ।

२. तपाई एमाले हुदै माओवादीमा आउनु भएको रहेछ, कतै अवसर र स्वार्थको लागि पार्टी परिवर्तन गरेको त होइन ?
बेल्कुल अवसर र स्वार्थको लागि पार्टी परिवर्तन गरेको होइन । म २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट तत्कालीन गोकुले गा.वि.स.को उपाध्यक्ष पदमा ६ सय ८ मत ल्याइ विजय भएको थियो । मलाई त्यति बेला उम्मेदवार दिन मन थिएन त्यहाँको जनताले उपाध्यक्षमा उम्मेदवार दिनुपर्छ भनेर भन्न थाले पछि दिएको हो र विजय पनि भयो ।

२०५२ साल देखी माओवादीले जनयुद्ध गरिरहेको थियो, म एमालेबाट निर्वाचित जनप्रतिनिधि थिएँ, म एमाले भए पनि माओवादीको सिद्धान्त, कार्यनीति र कार्यदिशा मलाई मन प¥यो २०५७ सालबाट माओवादीमा लागेँ, मलाई माओवादीको विचार सर्वहारा श्रमजीवी वर्ग, मजदुर, किसान, सम्पूर्ण उत्पीडित जाति, भाषा एव म्सांस्कृतिक जनसमुदाय, धर्मनिपेक्षता, समावेशी, समानुपातिक, राजतन्त्रको अन्त, लोकतान्त्रिक गणतन्त्रको स्थापन, हिमाली, पहाडी, मधेशी, गरिबी, दलित, आदिवासी, जनजाति, मुस्लिम सबै समुदयका नागरीकलाई एकै दृष्टिकोणले समेटेर एक साथ हिड्ने अन्य पार्टीमा देखेन त्यस भएर म माओवादी भएर हिडें ।

३. त्यसो भए तपाई जनयुद्धमा हिड्नु भयो ?
म २०५७ सालमा माओवादीमाा प्रवेश गरेर २०५९ सालबाट माओवादीको पुर्णकालिण सदस्य भएर जनयुद्धमा हिडियो ।

४.जनयुद्धमा हिमालदेखि तराईसम्म जनजातिदेखि मधेसीलगायत हजारौँ उत्पीडित समुदाय, क्षेत्र, लिङ्गले बलिदान र संघर्ष गरेकोलाई कसरी स्मरण गर्नुहुन्छ ?
त्यो बेला पार्टी एकतावद्ध थियो । हामी सबैको दिमागमा बाँच्छु भन्ने थिएन । हामी सबैको सामूहिक कर्म र प्रतिबद्धता यो देशमा जनवादी क्रान्ति कसरी सफल गरेरै छाड्ने भन्ने थियो । फेरि सहिदका सपनालाई साकार पार्ने संकल्प लिएर अघि बढेमा तमाम समस्या हल गर्न सकिन्छ भन्ने लाग्छ ।

जनतालाई सामन्ती व्यवस्थाबाट मुक्त गरेर गरिबी, अभाव, अन्याय, अत्याचारबाट मुक्त गरेर जाने मात्रै चिन्तन थियो । जनताका लागि जुनसुकै अवस्थामा बलिदान दिनु परे दिन तयार हुनुपर्छ भन्ने सामूहिक संकल्प थियो । तर, अहिले आएर आफूलाई मात्र केन्द्रमा राख्ने प्रवृत्तिको विकास हुँदै गयो । वाँकी कार्यकर्ता, शुभचिन्तक, जनता सबै भाँडमा जाए भन्ने खालको भयो ।

अब फेरि पनि त्याग, तपस्या र बलिदानलाई प्राथमिकता दिएर पार्टी निर्माण गर्दै हजारौँ उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायको मुक्तिमा लाग्नुपर्छ ।

५. तपाईं माओवादी केन्द्रबाट महाभारत गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित भएर आएपछि प्रमुख उपलब्धि के–के भए?
महाभार गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा मुलुकमा गणतन्त्र स्थापना भएपछिको पहिलो २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मैले माओवादी केन्द्रबाट टिकट पाएर ३ सय ४१ मत ल्याएर वडा अध्यक्षमा विजय भए । निर्वाचित भइसकेपछि मैले १४ बर्षको उमेर देखि कल्पना गरेको सडकको बारे काम गर्ने चुनौती थियो । त्योलाई सामना गरेर मैले सानदार ढंगले काम सुरु गरे मेरो कार्यकालमा बनेपा देखि ट्वाटे दमार सम्म सडक निर्माण हुनुका साथै वडाको १४ वटा टोल मध्ये १३ वटा टोलमा सडक पुगेको छ ।

१७ करोडको खानेपानीको काम भइरहेको छ । शिक्षा, स्थास्थ्य, केन्द्रिय विद्युत, खेलकुद, कृषि लगायत अन्य धेरै विकास निर्माणको कार्य मेरो कार्यकालमा भएको छ । यसलाई उपलब्धिको रूपमा लिनुपर्छ ।२०७९ मा भएको निर्वाचनमा मैले वडा अध्यक्षमा फेरी उम्मेदवार दिएको थिएँ ५ सय ३५ मत प्राप्त भयो तर थोरै मत अन्तरले म परजित भएँ ।

६. तपाई राजतन्त्रको बेलामा एमालेबाट र गणतन्त्र आएपछि माओवादीबाट निर्वाचित जन प्रतिनिधि हुनुभयो राजतन्त्रको समय र गणतन्त्र विच कस्तो फरक पाउनु भयो ?
राजतन्त्र र गणतन्त्रमा मैले धेरै फरक पाएँ । राजतन्त्रको समयमा जनताको काम गर्न धेरै गाह्रो थियो । बजेट पनि थोरै हरेक काम गर्न धेरै असजिलो थियो । जब एक दशक लामो जनयुद्ध र १९ दिने जनआन्दोलन ०६२०६३ मा हजारौ जनताले गरेको बलिदानीबाट स्थापित भएर गणतन्त्र आए पछि मलाई काम गर्न धेरै सजिलो भयो, माओवादी गरेको जनयुद्धले जनताको चेतना स्तर, संघीयताले गर्दा सिंहदबारको अधिकार गाउँ गाउँमा पुगेको कारणले काम गर्न धेरै सजिलो भयो । राजतन्त्र र गणतन्त्र आकाश र पतालको फरक छ । अब कसैले पनि राजतन्त्र ल्याउछु भनेर नसोचे पनि हुन्छ ।

७. जनता र माओवादी नेताको दूरी किन टाढा भयो जस्तो लाग्छ ?
जनताले बुझेको पार्टी माओवादी भएन । जनताले जुन अपेक्षा गरेका माओवादी नेता थिए ती भएनन् । माओवादी नेताको जीवनशैली बदलियो, बोल्ने शैली बदलियो, जनतालाई गर्ने व्यवहार बदलिएर जनता र माओवादी नेताबीच दूरी टाढा भयो । अब त्यो कुराको अन्त्य हामी गर्छौँ । बोलेर होइन् काम गरेर देखाउँछौँ । अब माओवादी नेताहरू सहरभन्दा बढी गाउँ केन्द्रित हुन्छन् । जनताका समस्या बुझ्छन् र त्यसलाई समाधान गर्नेतिर लाग्छन् ।

८. तपाई कहिले सम्म राजनीतिक गर्नु हुन्छ ?
म जीवनको अन्तिम क्षण सम्मै राजनीतिक, सामाजिक र जनताको लागि काम गर्न चाहान्छु । उमेर ५२ बर्ष भयो म राजनीतिकमा लागेको २७ बर्ष भयो जीवनमा एमालेबाट गा.वि.स. उपाध्यक्ष हुदै, माओवादीबाट जन सरकार प्रमुख, वडा अध्यक्ष, गाउँपालिका उपाध्यक्ष हुदै काभ्रे जिल्ला कमिटि सदस्य र पात्लेमा रहेको हरि सिद्धि प्रा. वि. मा २ महिना सम्म शिक्षक भएर काम पनि गरियो । म एक थोपा रगत र एक मुठ्ठी सास रहुन्जे माओवादीमा रहेर पार्टीका मार्गर्शक, सिद्धन्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गरेर इमानदारीका साथ काम गरेर राजनीतिक गर्छु ।

९. अन्त्यमा के भन्न चाहानु हुन्छ ?
मलाई सम्म यहाँ सम्म आउनको लागि सहयोग गर्नु हुने राजनीतिक क्षेत्रका लगायत अन्य विभिन्न माध्येमबाट सहयोग गर्नु हुने सबैलाइ धन्यवाद दिन चाहान्छ । यस्तो साथ सहयोग र माया आगामी दिनमा पनि दिनु हुन्छ भन्ने आशा गर्दछु । धन्यबाद ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय