काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिक काम गरेको आरोप लगाउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुख खापुङले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाउनुभएको हो । प्रदेश प्रमुख खापुङको कदमविरुद्ध मुख्यमन्त्री कार्कीले सर्वाेच्च अदालत जाने तयारी गरेको बताउनभयो ।

२६ चैत गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभएको थियो । अल्पमतमा परेको ३० दिनपछि बुधबार राति प्रदेश प्रमुख खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ५ अनुसार दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्काे सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको टिप्पणी गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय