काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना(एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा गर्व गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन हुँदा नेपाली समाज विभाजित हुनबाट बचेको बताएका हुन् ।

अध्यक्ष  प्रचण्डले एमसीसी सम्झौता अनुमोदन नहुँदा शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने खतरा, संविधान डिरेल हुने खतरा, गठबन्धन टुट्ने खतरा रहेको बताए । उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने तत्कालीन नेकपाको सरकारमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

उनले भने,‘पोहोरसाल नै व्याख्यात्मक टिप्पणीबारे सोचेको थिएँ । सार्कका पूर्वमहासचिव डा. अर्जुनबहादुर थापासँग यसबारे छलफल गरें । सन्धिका बारेमा भियना कन्भेन्सन अनुसार एउटा पक्षले आधिकारिक व्याख्यात्मक घोषणा गरेको कानुनी मान्यता हुन्छ । अर्को पक्ष मान्नुपर्छ भन्ने कुरा रहेछ । उहाँले यस्तो बताएपछि उज्यालोतिर गयो । कानुनविदसँग पनि कुरा भयो । गोविन्द बन्दीले पनि यो बाटो छ भनेर विस्तारपूर्वक बताउनुभयो । त्यही क्रममा गगन थापाहरु पनि यसैमा लागेको थाहा पाइयो । घोषणासहित गर्दा महाकालीमा जस्तो नहुने रहेछ भन्ने भयो र मलाई एकजना विद्धान कानुन व्यवसायी सुर्यप्रसाद सुवेदीले मलाई एउटा चीठी दिनुभयो र त्यसबाट ठूलो मनोबल दियो । उहाँले दिएको चार पेजको चीठीले एमसीसी निकास दिने कुरा कानुनीरुपमा छर्लंग भएको छ ।’ अध्यक्ष प्रचण्डले यी सबै कुरा हेरेपछि पार्टीमा दायाँबायाँ गर्नुहुँदैन भनेर अनुमोदन गर्ने निर्णय गरेको बताए । उनले भने,‘यो भएपछि हाम्रो पार्टीमा दायाँबायाँ गर्नुहुँदैन र देशलाई दुर्घटनामा जान दिनु हुँदैन भनेर निर्णय गर्यौं ।’

उनले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा मतभेद पार्टीमा व्यवस्थित रुपमा राख्न सुझाव दिए । उनले फरक विचारको सम्मान गर्नेसमेत बताए । उनले एमसीसीको विरोध गर्दैमा जनतमत आफ्नो पक्षमा नआउने भएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय