काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार बसमा चालक र सहचालक सहित ५३ जना सवार थिए ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय