बेथानचोक काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकामा महिला उधमसिलता क्षमता वृद्धिको लागि एक महिने एडभान्स सिलाई बुनाई र लेडिज चप्पल बनाउने तालिम सोमवार देखि बेथानचोक गाउँपालिका ५ मा सुरु भएको छ । सोमबार बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्याल्टिमा एक कार्यक्रमबिच तालिम शुरु गरिएका छन् ।
तालिम घरेलु तथा साना उधोग कार्यलय (मेडेप मोडेल अन्र्तरगत) धुलिखेल काभ्रेद्घार सञ्चालित एडभन्स सिलाई बुनाई सम्बन्धी तालिम र चप्पल बनाउने ट्रेनिङ शुरु गरेका हुन् ।
प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका वडा अध्यक्ष खजेन्जी लामा ज्युले सिलाई बुनाई र चप्पल बनाउने तालिमबाट महिलाहरुले व्यवसयिक रुपमा आयअर्जन हुने काम गर्ने अवसर सिर्जना हुने बताए । उनले महिलाहरुले व्यवसयिक रुपमा आयअर्जनहुने काम गर्न सकिने हुँदा लगनशील भएर काम गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा गिता फुरकोटि ज्युले सबै महिलाहरु तालिममा नियमित रुपमा उपस्थित हुने र तालिम सञ्चालन भै रहेको बेला एकआपसमा घरायसि हल्ला नगर्ने लगनसिल भएर तालिमलिना सल्लाह सुुझाब समेत दिनु भएको छ ।
त्यस्तै प्रशिक्षक मेनुका तामाङका अनुसार सिलाई बुनाई सम्बन्धि तालिम एक महिना संचालन हुनेछ । यस तालिमलिने महिला दिदिबहिनिहरु पनि एकदमै रुपमा लागिपरेर सिक्न समेत अग्राह गरेका छन् । त्यस्तै लेडिज चप्पल प्रशिक्षक रिता कर्माचर्यका अनुसार महिलाहरुले सिक्न चाहेमा सबै चिज सम्भव हुने र सिपसिकेमा आफैमा निर्भर रहेर काम गर्न सक्ने समेत वताएको छन् । कार्यक्रममा घरेलु तथा साना उधोग कार्यलयका अधिकृत राम प्रषाद कुस्मा , लेखा तथा प्रसासन समिक्क्षा गहिरे, उधोग विकास सहजकर्त रविन्द्र चौलागाई र गिता फुर्रकोटि लगाएतको उपस्थिति रहेका थिए ।