काभ्रे । काभ्रेको चौरीदेउराली ७ मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको सहिद तथा बेपत्त पारिएका परिवारको नाममा सहिद पार्कको उद्घाटन गरिएको छ । बागतमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले सहिद तथा बेपत्त पारिएका परिवारको अवस्था जहाँको त्यहीँ रहेको समेत बताएका छन् । मादनकुँडारीमा आयोजित सहिद पार्कको उद्घाटनमा नवनिर्मित सहिद शालिकको परिवारका सदस्यहरुलाई सम्मान गर्दैै मन्त्री ढकालले उक्त कुरा रखेका थिए ।

उनका अनुसार देशमा भएका राजनितिक परिर्वतनहरुले सहिद तथा बेपत्ता परिएका परिवार तथा सदस्यहरुलाई छुन सकेका छैनन् । ती परिवर्तनले उनीहरुलाई विकास र सम्बृद्धतर्फ डोहोर्‍याउन नसकेको उनले बताए । देशमा भएका अस्थायी राजनितिक परिर्वतनले उनीहरुको जिवन स्तर सुधार्न नसकेको मन्त्री ढकालले वताएको छ ।

जनयुद्धका बेला सहिद तथा बेपत्ता भएका १० जनाको अर्धकदको सालिकको निर्माण गरेको हो । उक्त पार्क जनयुद्ध र जनआन्दोलनमा पालिकाभरका ३५ जना सहिद तथा बेपत्ता परिवार रहेका छन् ।

‘देशमा पटक पटक राजनितिक परिर्वतनहरु भएका छन् । देशमा राजनितिक उपलब्धि हासिल गर्नको निम्ति सहिदहरुको ठूलो योगदान रहेको मन्त्रि ढकालले बताएका छन् । ‘देशको लागि बलिदान गर्ने महान सहिदको परिवारहरु, सहिद परिवारका आफन्तजनहरु र बेपत्ता परिवारका आफन्तजनहरुलाई चौैैंरीदेउरालीले गरेको सम्मान कार्यक्रमले सहिद भएका तथा बेपत्ता भएकाहरुको पनि स्मरण गराएको छ ।’

 

त्यस्तै पालिकाले चालु आर्थिक वर्षदेखि सहिद तथा बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको थियो । उक्त निर्णयलाई आजैबाट कार्यन्वयन समेत भएको छ ।

फोटो — ईकमान लामा

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय