काठमाडौं । लामो समयपछि बरिस्ठ संगीतकार कुबेर सिं दोङको शब्द संगीत रहेको ‘ मेरो मन’ बोलको गीत बजारमा ल्याएको छ ।

‘भ्बाईस अफ किड्स’ कि फिनालिष्ट छेसाङ तामाङको सुमधुर आवाजले भरिएको ‘मेरो मन’ बाट दोङले गीत संगीतको क्षेत्रमा पुर्णगमन गरेका छन् ।

काठमाडौं बौद्ध स्थित एक होटलमा एक पत्रकार सम्मेलन गरि तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष एवम् संविधानसभा सदस्य डिल्लिमान तामाङको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बरिस्ठ गायक एवम् संगीतकार विश्व दोङ, तामाङ चलचित्रका महानायक अमिर दोङ, नायिका रन्जिता ब्लोन तामाङ, चाँदनी मोक्तान, गायिक सुमिना लो, छेसङ तामाङ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

गीतको एरेन्जमेन्ट गायक विश्व दोङले गरेका हुन भने भिडियो सार्वजनिक पनि विश्व दोङको अफिसियल युट्युब च्यानाल मार्फत सार्वजनिक गरेका छन् ।

प्रमुख अतिथि डिल्लीमान तामाङले तामाङ गीत संगीतले तामाङ भाषा संरक्षणमा ठुलो मद्दत पुर्याएको भन्दै भाषिक गीतहरुले तामाङको अस्तित्व बचाउन ठुलो सहयोग गरेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय