काभ्रेपलाञ्चोक । चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट संस्थाको सहयोगमा तथा चौरीदेउराली गाउँपालिकाको समन्वयमा चौरीदेउरालीका बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । साेमबार गाउँपालिकाको कार्यालयमा २८६ बाढीपहिरो पीडित परिवारहरु राहत वितरण गरेको हो ।

गाउँपालिकाको प्रति पीडित परिवारलाई २५ के.जी.को १ बोरा चामल,२ के.जी. दाल, २ लिटर तेल, १ थान ब्लाङ्केट, १ थान प्रेसर कुकर, १ थान सिल्पिङ म्याट, मन्जन १०० ग्रामको ५ वटा, ब्रस ५ वटा, तउली १ वटा, सनेटरी प्याट २ प्याकेट, स्याम्पु–१०० ग्रामको ३ वटा, झुल १ वटा, प्लास्टिक कन्टेनर प्याकेट १ वटा र पानीको जार मक १ वटाको दरले राहत सामाग्री वितरण गरिएको हो ।

उक्त राहत वितरणको लागि गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको विषेश पहलमा, प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले जिल्ला प्रशासन कार्यालयसँग र अन्य प्रशासनिक काम समन्वय गरेको थिए । गाउँपाालिकामा राहत सामाग्री लैजानको लागि परियार सेवा समाज काभ्रेको अध्यक्ष बुद्धिमान नेपाली र जिल्ला सचिव उर्मिला परियारले चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट संस्थासँग समन्वय र सहजीकरण गरेको थियो ।

चाइना फाउन्डेसनको प्रतिनिधि गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत महान दास लामा, वडाहरु र कर्मचारीहरूको सक्रिय र बिशेष उपस्थितिमा राहत वितरण गरेको हो ।

राहत सामाग्री प्राप्त भएपछि बाढीपहिरो पीडितहरुले गाउँपालिका मार्फत सहयोग स्वरुप पीडाको क्षणमा राम्रो प्याकेजको राहत उपलब्ध भएकोमा खुसी व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय